नेपालमा पर्यटन विकासको सम्भावना अधिक छ । प्राकृतिक, सांस्कृतिक रूपले धनी हाम्रो देशमा पर्यटन क्षेत्रको विकास गरी बाह्य पर्यटकहरूको सङ्ख्यामा वृद्धि गर्न सके आर्थिक रूपले सबल हुन समय लाग्ने देखिदैंन । आजभोलि अग्ला डाँडामा होटल, रिसोर्ट खुल्ने क्रम बढ्दो छ । त्यसले सकारात्मक प्रभाव देखिएपनि सीमित मानिसलाई मात्र लाभ हुने भएकाले समग्र समुदायको हित हुने देखिन्न । प्रकृति र संस्कृतिको संरक्षणमा होमस्टे (घरबास) अभियान महत्त्वपूर्ण रहेको छ । गण्डकी प्रदेशस्थित स्याङ्गजाको सिरुवारी सामुदायिक होमस्टे