काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्रकृतिलाई अस्वीकार गर्ने मानिस प्रकृतिविरोधी भएको बताएका छन्।बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रकृतिलाई स्वीकार गरेर प्रकृतिसँगै खेल्न सक्नेहरु सधैँ खुशी हुने बताए।उनले धर्तीको जीवहरु प्रकृतिका फूल भएकाले सबैजना प्रकृतिमा खुसी हुन सक्नुपर्ने बताए। उनले प्रकृतिको विरोध गरी प्रकृति मास्नेहरु समाजविरोधी भएको बताए।उनले भने, ‘प्रकृतिलाई स्वीकारेर खेल्न सक्नेहरू सधैँ सुखी हुन्छ। प्रकृतिकै हामी फूल ह