इम्बोस्ड प्लेटमा नेपाली लेख्न थप ७७ करोड लाग्ने

काठमाडौँ । ठेकेदार कम्पनी टाइगर डेकाटुर आईटीले इम्बोस्ड नम्बर प्लेटलाई नेपाली भाषामा रुपान्तरण गर्न सकिने बताएको छ । सरकारले सोधेको प्रश्नहरुको जवाफ दिँदै ठेकेदार कम्पनीले इम्बोस्ड प्लेट नेपाली भाषामा लेख्न थप ६ मिलियन डलर अर्थात् करिब ७७ करोडभन्दा बढी खर्च लाग्ने बताएको हो । यातायात व्यवस्था विभागलाई इम्बोस्ड प्लेट नेपाली भाषामा लेख्न सकिने भन्दै त्यसका […]

सम्बन्धित सामग्री

इम्बोस्ड नम्बर प्लेट नेपालीमा

सरकारले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को अनुसूची २ मा हेरफेर गरी इम्बोस्ड नम्बर प्लेट देवनागरी लिपिमा लेख्न सकिने व्यवस्था गर्ने निर्णय गरेको छ । सवारीसाधनको नम्बर प्लेट देवनागरीमा नै हुनुपर्ने भनी सर्वोच्च अदालतले समेत आदेश जारी गरेको थियो । तर, बढी खर्च लाग्ने भन्दै इम्बोस्ड नम्बर प्लेटको ठेक्का पाएको कम्पनीले आनाकानी गरिरहेको थियो । अहिले सरकारले यसलाई प्राथमिकता दिएपछि देवनागरीमा पनि लेख्न पाइने व्यवस्था गरेको हो । दुईओटा लिपिमध्ये कुनै एकमा नम्बर प्लेट बनाउन पाइने व्यवस्था गर्नुभन्दा एउटै खालको हुनु आवश्यक हुन्छ । नम्बर प्लेटमा लेखिने संकेत सबैले बुझ्ने र एकनासको हुनु आवश्यक हुन्छ । त्यसैले यसको आकार प्रकारसमेत तोकिएको हुन्छ । यस्तोमा दुईथरी लिपिमा लेख्न पाउने गरी अहिले गरिएको निर्णयले अन्योल बढाउन सक्छ । त्यसैले सबै खालको सवारी साधनको नम्बर प्लेट देवनागरीमा नै लेख्ने व्यवस्था गरिनुपर्छ । देवनागरी लिपिमा नै हुनुपर्छ भन्ने अभियन्ताहरूको माग पनि दुई नभई नेपाली लिपि मात्र हो । सरकारी कामकाजको भाषा नेपाली हुने व्यवस्था छ । सवारी नम्बर प्लेट पनि सरकारी प्रयोजनका लागि सरकारले नै जारी गर्ने हो । त्यसो हुँदा यो देवनागरी लिपिमा हुनुपर्नेमा विवाद आवश्यक छैन । जेहोस्, यति निर्णय हुनु पनि सकारात्मक छ । अब यो राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा लैजानुपर्छ । इम्बोस्ड नम्बर प्लेट आमसर्वसाधारणले बुझ्ने गरी लेख्ने व्यवस्था मिलाउनु पर्छ । इम्बोस्ड नम्बर प्लेटको औचित्यमाथि नै प्रश्न उठिरहेको छ । यो अत्याधुनिक प्रविधि भए पनि आवश्यक पूर्वाधार तयार पार्नतिर ध्यान नदिने तर इम्बोस्ड प्लेट अनिवार्य गर्ने सरकारी हतारोकै कारण यसको विरोधसमेत भएको हो । त्यही विरोधका कारण यसलाई अनिवार्य गर्ने कदमबाट सरकार पछि हटेको हो । चिप्सजडित इम्बोस्ड प्लेट अनिवार्य गर्ने हो भने यसका लागि यो जाँच गर्ने मेशिन जडान भएका ठाउँ प्रशस्त हुनुपर्छ । कमसेकम प्रमुख चोक वा दोबाटोहरूमा यो जडान गर्ने हो भने यसको उपयोग हुन्छ । अर्को, एकैपटक अनिवार्य गर्नुभन्दा नयाँ सवारीसाधनमा र सवारीसाधन नामसारी गर्दा अनिवार्य गर्दै जाने हो भने विनाभीडभाड यसको कार्यान्वयन गर्न सकिन्छ ।

देवनागरी लिपिमा इम्बोस्ड नम्बर प्लेट लेख्न सकिने

देवनागरी लिपिमा इम्बोस्ड नम्बर प्लेट लेख्न सकिने निर्माण कम्पनी टाइगर डेकाटुर आईटीले जनाएको छ । त्यसका लागि ७७ करोड रुपियाँ थप खर्च लाग्ने कम्पनीको दाबी छ। कम्पनीले यातायात व्यवस्था विभागलाई पत्र पठाएर उक्त जानकारी दिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूरै प्लेट देवनागरी लिपिमा लेख्न सकिने वा नसकिने र त्यसका लागि केके गर्नुपर्छ भन्नेबारेमा कम्पनीलाई पत्र...

अव देवनागरी लिपिमै इम्बोस्ड नम्बर प्लेट लेख्न सकिने

काठमाडौं, भदौ ६ । देवनागरी लिपिमा इम्बोस्ड नम्बर प्लेट लेख्न सकिने निर्माण कम्पनी टाइगर डेकाटुर आईटीले जनाएको छ । त्यसका लागि ७७ करोड रुपियाँ थप खर्च लाग्ने कम्पनीको दाबी छ । कम्पनीले यातायात व्यवस्था विभागलाई पत्र पठाएर उक्त जानकारी दिएको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूरै प्लेट देवनागरी लिपिमा लेख्न सकिने वा नसकिने र […]

देवनागरी लिपिमा इम्बोस्ड नम्बर राख्न थप ७७ करोड रुपैयाँ लाग्ने

देवनागरी लिपिमा इम्बोस्ड नम्बर प्लेट लेख्न सकिने भएको छ। त्यसका लागि ७७ करोड रुपैयाँ लाग्ने निर्माण कम्पनी टाइगर डेकाटुर आईटीले जनाएको छ। कम्पनीले यातायात व्यवस्था विभागलाई पत्र पठाएर उक्त जानकारी दिएको हो। ‘गोरखापत्र दैनिक’मा लक्ष्मण दर्नाल लेख्छन्, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूरै प्लेट देवनागरी लिपिमा लेख्न सकिने वा नसकिने र त्यसका लागि के–के गर्नुपर्छ भन्नेबारेमा कम्पनीलाई पत्र पठाएको थियो। जवाफमा कम्पनीले थप लगानी र समय लाग्ने बताएको हो। पहिलो सम

देवनागरी लिपिमा इम्बोस्ड नम्बर प्लेट लेख्न सकिने

देवनागरी लिपिमा इम्बोस्ड नम्बर प्लेट लेख्न सकिने निर्माण कम्पनी टाइगर डेकाटुर आईटीले जनाएको छ । त्यसका लागि ७७ करोड रुपियाँ थप खर्च लाग्ने कम्पनीको दाबी छ । कम्पनीले यातायात व्यवस्था विभागलाई पत्र पठाएर उक्त जानकारी दिएको हो।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूरै प्लेट देवनागरी लिपिमा लेख्न सकिने वा नसकिने र त्यसका लागि केके गर्नुपर्छ भन्नेबारेमा कम्पनीलाई पत्र पठाएको थियो । सोही पत्रको जबाफमा कम्पनीले थप लगानी र समय लाग्ने बताएको हो। पहिलो सम्झौता चार अर्ब ६७ करोड रुपियाँको थियो।यातायात व

फोहोरको गाडी रोकेपछि बञ्चरेडाँडामा प्रहरीद्वारा हवाईफायर

काठमाडौं। बञ्चरेडाँडामा स्थानीयले फोहोरको गाडी रोकेपछि प्रहरीले हवाईफायर गरेको छ। ठेकेदार कम्पनी टाइगर डेकाटुर आईटीले इम्बोस्ड नम्बर प्लेटलाई नेपाली भाषामा रुपान्तरण गर्नको लागि थप ७० करोड लाग्ने बताएको छ। नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई बुधबारदेखि विशेष सापटी दिने भएको छ। अफगानिस्तानमा वर्षाको कारण ३१ जनाको मृत्यु भएको छ।

ठेकेदारले भन्यो-इम्बोस्ड प्लेटमा नेपाली लेख्न थप ७७ करोड लाग्छ

३१ साउन, काठमाडौं । ठेकेदार कम्पनी टाइगर डेकाटुर आईटीले इम्बोस्ड नम्बर प्लेटलाई नेपाली भाषामा रुपान्तरण गर्न सकिने बताएको छ । सरकारले सोधेको प्रश्नहरुको जवाफ दिंदै ठेकेदार कम्पनीले इम्बोस्ड प्लेट नेपाली भाषामा लेख्न थप ६ मिलियन डलर अर्थात् करिब ७७ करोडभन्दा बढी खर्च लाग्ने बताएको हो । ठेकेदार कम्पनी टाइगर डेकाटुरका एक अधिकारीका अनुसार यातायात व्यवस्था […]

इम्बोस्डको सास्ती : यही ‘पारा’मा वितरण भए कम्तीमा १५ वर्ष लाग्ने

यातायात व्यवस्था विभागले साउन १ गतेदेखि अनिवार्यरुपमा इम्बोस्ड नम्बर प्लेट जडान गरेको हुनुपर्ने भनेर सूचना जारी गरेसँगै यतिबेला यातायात व्यवस्था कार्यालय, गुर्जुधारामा मोटरसाइकलमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न जानेहरूको घुइँचो छ । सोमबार कार्यालय खुलेदेखि लाइन बसेका सेवाग्राहीहरू सोमबार साँझ ७ बजेसम्म पनि पालो नआएपछि दर्ता मात्रै गराएर घर फर्किन बाध्य भए । सोमबार दर्ता मात्रै गराएका सेवाग्राहीले मंगलबार दिउँसो एक बजेको आसपासमा मात्रै सबै प्रक्रिया पूरा गरी इम्बोस्ड नम्बर प्लेट पाए । सोमबार