देवनागरी लिपिमा इम्बोस्ड नम्बर प्लेट लेख्न सकिने भएको छ। त्यसका लागि ७७ करोड रुपैयाँ लाग्ने निर्माण कम्पनी टाइगर डेकाटुर आईटीले जनाएको छ। कम्पनीले यातायात व्यवस्था विभागलाई पत्र पठाएर उक्त जानकारी दिएको हो। ‘गोरखापत्र दैनिक’मा लक्ष्मण दर्नाल लेख्छन्, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूरै प्लेट देवनागरी लिपिमा लेख्न सकिने वा नसकिने र त्यसका लागि के–के गर्नुपर्छ भन्नेबारेमा कम्पनीलाई पत्र पठाएको थियो। जवाफमा कम्पनीले थप लगानी र समय लाग्ने बताएको हो। पहिलो सम