यातायात व्यवस्था विभागले साउन १ गतेदेखि अनिवार्यरुपमा इम्बोस्ड नम्बर प्लेट जडान गरेको हुनुपर्ने भनेर सूचना जारी गरेसँगै यतिबेला यातायात व्यवस्था कार्यालय, गुर्जुधारामा मोटरसाइकलमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न जानेहरूको घुइँचो छ । सोमबार कार्यालय खुलेदेखि लाइन बसेका सेवाग्राहीहरू सोमबार साँझ ७ बजेसम्म पनि पालो नआएपछि दर्ता मात्रै गराएर घर फर्किन बाध्य भए । सोमबार दर्ता मात्रै गराएका सेवाग्राहीले मंगलबार दिउँसो एक बजेको आसपासमा मात्रै सबै प्रक्रिया पूरा गरी इम्बोस्ड नम्बर प्लेट पाए । सोमबार