बागलुङको मालपोत कार्यालयमा अति आवश्यक बाहेकका सेवा बन्द

बागलुङ, माघ ९ । कर्मचारी कोरोना संक्रमित भएपछि मालपोत कार्यालय बागलुङको अति आवश्यक बाहेकका नियमित सेवा बन्द गरिएको छ । कार्यालयका चार जना कर्मचारीमा कोरोना पुष्टि भएको र अन्य कर्मचारीमा समेत कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि सेवा बन्द गरिएको हो । मालपोत अधिकृत देवेन्द्रबहादुर थापाले आइतबार सूचना जारी गर्दै जनशक्ति अभावमा अनिश्चतकालको लागि कार्यालयको सेवा बन्द […]

सम्बन्धित सामग्री

पर्साको मालपोत कार्यालयमा अनलाइन सेवा सुरु हुँदै

वीरगञ्ज –भूमि सुधार तथा मालपोत कार्यालय, पर्सामा अगामी माघ १ गतेदेखि पूर्णरूपमा अनलाइन सेवा सञ्चालन हुने भएको छ। अनलाइनमार्फत मलापोत कार्यालयको सेवा सुरु हुने भएपछि लिखतमा हुने त्रुटीहरु कम हुने विश्वास गरिएको छ। पहिले विभिन्न किसिमका लिखतहरु कागजमा तयार हुँदा त्रुटी हुने, बढी समय लाग्ने भएकाले अब अनलाइन भएपछि उक्त समस्या हटेर सेवाग्राहीको काम छिटो […]

मालपोत कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर विस्तार

काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेडले दोलखाको चरिकोटस्थित जिल्ला मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ। दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले शुक्रबार भीमेश्वर नगरपालिका वडा नम्बर ३, स्थित जिल्ला मालपोत कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर उद्घाटन गरे। जिल्ला मालपोत कार्यालयका प्रमुख धनकुमार तामाङले मेगा बैंकको एक्सटेन्सन कार्यालय विस्तार भएपछि सेवाग्राहीलाई सहज रुपमा सेवा प्रवाह […]

मालपोत कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती

पश्चिम बागलुङका नागरिकलाई सहजताका लागि बुर्तिबाङमा स्थापना गरिएको मालपोत कार्यालयमा कर्मचारी नहुँदा सेवा ग्राहीले सास्ती भोग्नुपरेको छ । अहिले कार्यालय एक सुब्बाको भरमा चलेको छ । बुधबार मात्रै एक जना सुब्बा थपिनुभएको छ । कार्यालय प्रमुख दिलबहादुर केसी यही फागुन ३ गते जिल्ला कारागार बागलुङमा सरुवा भएपछि झन कर्मचारी अभावमा काम गर्न निकै समस्या भएको हो । तेह« कर्मचारको दरबन्दी रहेको यस कार्यालयमा अहिले दुई सुब्बा, तीन कार्यालय सहयोगी र दुई कम्युटर अपरेटरका भरमा कार्यालय सञ्चालन गर्नुपरेक

मालपोत कार्यालय सुर्खेतमा अत्यावश्यकबाहेकका सेवा बन्द

सुर्खेत : कर्मचारीलाई कोरोना संक्रमण भएपछि मालपोत कार्यालय सुर्खेतले अत्यावश्यकबाहेका सेवा बन्द गरेको छ। कार्यालयमा कार्यरत पाँच जना कर्मचारीलाई संक्रमण पुष्टि भएको हो ।कर्मचारीलाई संक्रमण भएपछि कार्यालयले सेवाग्राहीसँग प्रत्यक्ष जोडिएका सेवा माघ २१ गते स्थगत गरेको जनाएको छ। सूचना अनुसार कार्यालयबाट प्रवाह हुने लिखत पारित, दृष्टिबन्धक, रोक्का फुकुवा, नामसारी, दाखिला खारेजलगायतका सेवा स्थगन गरिएको छ।दैनिक प्रशासनिक कार्यलगायत अदालत, प्रहरी र प्रशासनसँग सम्बन्धित काम भने जारी रहने कार्यालय प्रमुख

अब स्थानीय तहका केन्द्रबाटै मालपोत कार्यालयका सेवा दिने तयारी

धेरैजसो जिल्लामा अहिलेपनि एक दुईओटा मात्रै मालपोत कार्यालय भएको हुँदा ती कार्यालयमा दूरदराजका नागरिकहरूको पहुँच नै पुग्न सकेको छैन । नगरी नहुने घरजग्गा किनबेचसम्बन्धी काम गर्न जस्तोसुकै कठिनाइ भए पनि ४/५ दिन लगाएर सेवा लिन मालपोत कार्यालय जान बाध्य हुनेबाहेक सामान्य पारिवारिक घरजग्गासम्बन्धी कामहरू जस्तो मृतकबाट गरिने नामसारी, अंशबन्डा, दृष्टिबन्धक, संशोधन,सामान्य रोक्का फुकुवा, धनी  पुर्जाको प्रतिलिपिलगायत कामका लागि सेवाग्राहीहरू मालपोत कार्यालयसम्म जान सकेका छैनन् । त्यसको मुख्य कारण घरबाट धेरै टाढा गएर सेवा...

रुकुम पूर्व : मालपोत कार्यालयमा इन्टरनेट नचल्दा सेवाग्राही समस्यामा

रुकुम – रुकुम पूर्वको मालपोत कार्यालयमा इन्टरनेट नचल्दा सेवाग्राहीले समस्या भोग्नु  परेको छ । टाढा टाढाबाट सेवा लिन पुगेका सेवाग्राही होटलमा बस्न बाध्य भएका छन् । एक दिनको काम हप्ता दिनसम्म नहुँदा खर्च बढेको उनीहरुको गुनासो छ । 'यहाँ आएकाे ६ दिन भयो तर काम अझै भएको छैन’ सिस्ने गाउँपालिका वडा नम्बर ५ बाट आउनुभएका टिकाराम कार्कीले भन्नुभयो, ‘दिनभर कतै काम भइहाल्छ कि भनेर कार्यालयमा कुर्नेहरु धेरै छन् ।’ जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर १ र २, पुथाउत्तरगंगा गाउँपा...

मालपोत र भूमिको काम एकै ठाउँबाट

मोरङ- मालपोत कार्यालय विराटनगर र भूमि सुधार कार्यालयले प्रदान गर्ने सेवा एकै स्थानबाट सुरु भएको छ । विगतमा भूमिमा हुने कामका लागि सेवाग्राही पुग्दा कर्मचारी मालपोत कार्यालयमा गएको र मालपोत कार्यालयमा कामका लागि पुग्ने सेवाग्राहीलाई कर्मचारी भूमि सुधार कार्यालय गएको व्यवहार कर्मचारीले देखाउने गर्दा सेवाग्राही निकै मर्कामा पर्ने गरेका थिए । विसं २०१३ मा निर्माण […]

वालिङ मालपोत कार्यालयमा माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउन्टर

माछापुच्छ्रे बैंकले स्याङ्जाको वालिङ नगरपालिकामा रहेको मालपोत कार्यालयमा बैंकको एक्सटेन्सन काउण्टर स्थापना गरेको छ । मालपोत कार्यालयको राजस्व संकलन तथा स्थानीयको बैंकिङ आवश्यकता अनुसार एक्सटेन्सन कार्यालय सञ्चालनमा ल्याएको बताएको छ ।उक्त काउन्टरको वालिङ नगरपालिकाका मेयर दिलिपप्रताप खाँडले उद्धघाटन गरे । बैंकका देशभर १६१ वटा शाखाहरु र १६५ शाखारहित बैकिङ सेवा, ५ एक्सटेन्सन काउन्टर छन् ।

धनुषाको मालपोत र नापी कार्यालयको सेवा बन्द

जनकपुरधाम : धनुषाको मालपोत र नापी कार्यालय आजदेखि अनिश्चितकालका लागि बन्द गरिने भएको छ।  कोरोनाको संक्रमण बढ्दै गएको भन्दै सेवाग्राहीको अत्यधिक घुइँचो हुने मालपोत र नापी कार्यालयले सेवा बन्द गर्ने निर्णय भएको हो।धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको निर्देशनमा अत्यधिक घुइँचो हुने दुई कार्यालयको सेवा अर्को सूचना नभएसम्म स्थगन गर्ने निर्णय भएको जानकारी दिए। मालपोत तथा नापी कार्यालयमा सेवाग्राहीको अत्यधिक घुइँचो हुने भएको र यसले कोरोना संक

मंगलवा मालपोत र नापीका १२ कर्मचारीमा कोरोना, २५ गते सम्म सेवा बन्द

सर्लाही : सदरमुकाम मलंगवामा रहेका भूमिसुधार तथा मालपोत र नापी कार्यालयको सेवा आजबाट एक साताका लागि बन्द गरिएको छ। नापीका ९ जना र मालपोतका ३ जना कर्मचारीमा कोरोना संक्रमण पाइएपछि दुवै कार्यालयले आजदेखि वैशाख २५ गतेसम्मका लागि सेवा बन्द गरेका हुन्।मुख्य–मुख्य फाँटका कर्मचारीमा संक्रमण देखिएको भूमिसुधार तथा मालपोत कार्यालय मलंगवाका प्रमुख पनिलाल यादवले जानकारी दिए।उनका अनुसार मालपोतमा रजिष्ट्रेसन, मुद्दा र तामेली शाखाका कर्मचारीमा कोरोना संक्रमण पाइएको छ। यसैगरी नापी कार्यालयमा सर्वेक्षक