जनकपुरधाम : धनुषाको मालपोत र नापी कार्यालय आजदेखि अनिश्चितकालका लागि बन्द गरिने भएको छ। कोरोनाको संक्रमण बढ्दै गएको भन्दै सेवाग्राहीको अत्यधिक घुइँचो हुने मालपोत र नापी कार्यालयले सेवा बन्द गर्ने निर्णय भएको हो।धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको निर्देशनमा अत्यधिक घुइँचो हुने दुई कार्यालयको सेवा अर्को सूचना नभएसम्म स्थगन गर्ने निर्णय भएको जानकारी दिए। मालपोत तथा नापी कार्यालयमा सेवाग्राहीको अत्यधिक घुइँचो हुने भएको र यसले कोरोना संक