सीमामा तनाव गरिरहेका भारत र चीनबीच वार्तामा फेरि गतिरोध निम्तिएको छ।
चीनले भारतलाई लद्दाखस्थित वास्तविक नियन्त्रणरेखा (एलएसी) स्थित हट स्प्रिङ र गोगरा पोष्टबाट नहट्ने जवाफ दिएसँगै गतिरोध लम्बिएको हो।
इन्डियन एक्सप्रेसमा प्रकाशित एक समाचाअनुसार पूर्वी लद्दाखमा चीन र भारतबीच नियन्त्रण रेखामा जारी तनाव शुरु भएको एक वर्ष पुग्दैछ। तनाव हटाउन दुवै देशका सैन्य अधिकारीहरूबीच कम्तिमा ११ पटक वार्ता भइसकेको छ, तर विवादका मामिला अझै कायमै छन्।
पछिल्लो पटक अप्रिल ९ तारिखमा दुई देशका कमाण्डरहरूबीच वार्ता भएको थियो। ...