काठमाण्डाै - समानुपातिकतर्फका सांसदको टुङ्गो लगाउन दलहरुले आज अन्तिम कसरत गर्दैछन् । कांग्रेस, एमाले, माओवादी, जसपा र राप्रपाको आन्तरिक बैठक आज बस्दैछ ।
निर्वाचन आयोगले आज दिउँसो ४ बजेसम्म समानुपातिकतर्फबाट सांसद हुनेको नाम बुझाउन समय दिएपछि दलहरु छलफलमा जुट्न लागेका हुन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति, एमालेको केन्द्रीय सचिवालय र माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ ।
कांग्रेसकाे बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी द...