सुदूरपश्चिम र कर्णालीमा एमालेबाट समानुपातिकमा को–को छानिए?

काठमाडाैँ – नेकपा एमालेले सुदूरपश्चिम र कर्णाली प्रदेशबाट समानुपातिकतर्फ  सांसदको नाम निर्वाचन आयाेगमा पठाएकाे छ। निम्न आधारमा एमालेले समानुपातिकतर्फ नाम छनाेट गरिएकाे जनाएकाे छ। सुदूरपश्चिम प्रदेशतर्फ खसआर्य राजेन्द्र सिंह रावल कञ्चनपुर धर्मराज पाठक कैलाली महिला सन्तोष कुमारी शर्मा (थापा) कैलाली जानकी एयर बम बैतडी निर्मला देवी साउद डोटी (पिछडिएको क्षेत्र) थारु कोइलीदेवी चौधरी कैलाली दलित […]

सम्बन्धित सामग्री

कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं : कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिमसहित लुम्बिनी प्रदेशका तराईका थोरै भूभागका साथै देशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागको मौसम सामान्यतया सफा छ।दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कर्ण

पूर्वराजा ज्ञानेन्द्र कर्णाली र सुदूरपश्चिम जाँदै

काठमाडौं, ८ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह आउँदो हप्ता कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा जाने भएका छन्। पूर्वराजा शाहको सचिवालयका अनुसार उनी परिवारसहित आउँदो हप्ता कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा जाने भएका हुन्। उनी नेपालगन्जसम्म हवाईमार्ग र त्यसपछि स्थलमार्ग हुँदै कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्ला पुग्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री कप : बाग्मती र मधेस तथा सुदूरपश्चिम र कर्णाली प्रदेश खेल्दै

काठमाण्डाै - प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज बाग्मती र मधेस प्रदेश तथा सुदूरपश्चिम र कर्णाली प्रदेश खेल्दैछन् । बाग्मती र मधेस प्रदेशको खेल कीर्तिपुर मैदानमा हुने छ भने सुदूरपश्चिम र कर्णालीको खेल मूलपानी मैदानमा हुनेछ । दुवै खेल बिहान साढे ९ बजे सुरु हुनेछ । समूह 'ए' मा रहेको कर्णाली र सुदूरपश्चिम आज पहिलो जितको खोजीमा हुनेछन् । अहिलेसम्म खेलेको तीन खेलमा तीनैमा हार ब्यहोरेको सुदूरपश्चिम समूहको पुछारमा छ भने दुवै खेलमा दुवै हारेको कर्णाली पुछारभन्दा माथि छ । यस्तै, समूह 'बी' ...

आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा हुने

आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने अनुमान गरिएको छ। पानी पार्ने प्रणाली पश्चिमतर्फ सर्दै गएकाले सुुदूरपश्चिम, कर्णाली र लुम्बिनीका केही स्थानमा आज ठूलो वर्षाको सम्भावना रहेको छ।  मौसम पुर्वानूमान...

कर्णाली र सुदूरपश्चिम जोड्न कर्णाली नदीमा दुई पुल निर्माण

काठमाडाैँ- कर्णाली नदीमाथि सुदूरपश्चिम र कर्णाली प्रदेश जोड्ने थप दुई पक्की पुल निर्माण सम्पन्न छन्। सुदूरपश्चिम प्रदेशको कैलाली र कर्णाली प्रदेशको सुर्खेत जिल्ला जोड्ने पुल बनेका हुन्। पुल निर्माण हुँदा आवतजावतमा सजिलो हुनुका साथै व्यापार व्यवसाय प्रवर्द्धनमा पनि सहज हुने जनाइएको छ। सुर्खेतको पञ्चपुरी नगरपालिका-११ कुइने र कैलालीको मोहन्याल जोड्ने कर्णाली नदीमा पक्की पुल निर्माण […]

कर्णाली र सुदूरपश्चिम प्रदेश समृद्धिको आयोजना बेतन कर्णाली

अथाह स्रोत भएर पनि सदुपयोग हुन नसक्दा पिछडिएको क्षेत्रमा परेको कर्णाली र सुदूरपश्चिम प्रदेशको समृद्धिको आयोजनाका रुपमा हेरिएको बेतन कर्णाली जलविद्युत आयोजना आगामी पुसदेखि निर्माण चरणमा प्रवेश गर्ने भएको छ । चार सय ३९ मेगावाटको क्षमताको सो आयोजनाको प्रवद्र्धक बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले हाल निर्माणपूर्वको तयारीका लागि आवश्यक कार्य सम्पन्न गरिरहेको जनाएको छ …

बेतन कर्णाली : कर्णाली र सुदूरपश्चिम प्रदेश समृद्धिको अर्को आयोजना

चार सय ३९ मेगावाटको बेतन कर्णाली जलविद्युत् आयोजना आगामी पुसदेखि निर्माण चरणमा प्रवेश गर्ने भएको छ । आयोजनाको प्रवर्द्धक बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले हाल निर्माणपूर्वको तयारीका लागि आवश्यक कार्य सम्पन्न गरिरहेको जनाएको छ । सुदूरपश्चिम प्रदेशको अछाम र कर्णाली प्रदेशको सुर्खेतको सिमाना हुँदै बगिरहेको कर्णाली नदीमा बन्न लागेको यो अर्धजलासययुक्त आयोजना हो । आयोजनाको ड्याम (बाँधस्थल) अछामको ढकारी गाउँपालिका–६ मालुमेला तथा सुर्खेतको चौकुने गाउँपालिका–६ र पावरहा

आजको मौसम : सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशका विभिन्न भागमा आज पनि पानी पर्ने भएको छ । केही स्थानमा बिहानैबाट वर्षा भइरहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज बिहान सामान्यदेखि पूर्ण बदली रहेको छ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा साथै वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै मेघगर्जन […]

कर्णाली र सुदूरपश्चिम प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भू-भागमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै‚ उच्च पहाडी र हिमाली भू-भागका केही स्थान हल्का हिमपात हुने बताइएको छ।आइतवार बिहान गण्कड‚ लुम्बिनी‚ कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको छ। दिउँसो बागमती‚ लुम्बिनी‚ कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहने महाशाखाले जनाएको छ। कर्णाली र

फेरिए  प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुख

सरकारले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन जनाको नाम प्रदेश प्रमुखको रुपमा राष्ट्रपति समक्ष सिफारिस गरेको छ। प्रदेश...