रिस जन्मजात गुण हो, जो सँग पनि हुन्छ, जहिले पनि हुन्छ । बालकमा हुन्छ, वृद्धमा हुन्छ, युवामा हुन्छ । यहाँसम्म कि यसले पशु, पक्षीलाई समेत छाडेको हुँदैन । कारण हो जसलाई पनि आफूले भने बमोजिम हुनैपर्ने तर प्रकृतिको नियम के छ भने कसैलाई भन्नासाथ हुँदैन । कतिपय अवस्थामा हुन पनि सक्छ कतिपय अवस्थामा नहुन पनि सक्छ । जब हुँदैन रिस उठिहाल्छ ।मानौँ कुनै चीजको चाहना गर्नुभएको थियो पाउनु भएन, जसले तपाईंलाई रिस उठायो । जतिपटक काममा असफलता पाउँदै जानुहुन्छ त्यति नै रिसको सङ्ख्या पनि बढ्दै जान्छ । विस्तारै एउटा अ