लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले देउवा सरकारले एमालेसँगको रिस भूमिहीन दलित, सकुम्वासी र अव्यवस्थित बसोबासीमाथि पोखेको आरोप लगाएका छन् ।
‘एमालेसँगको रिस भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीमाथि पोख्नु सरकारको लाचारी हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले गल्ती सच्याई आयोगलाई पुनः सक्रिय बनाउन सरकारलाई दबाब सिर्जना गर्न आह्वानसमेत गरेका छन् ।
सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले देवीप्रसाद ज्ञवाली नेतृत्वक...