बेनिघाटरोराङ गाउँपालिका–२ सिमथलीका कालीबहादुर चेपाङको नौवटा बच्चा छन् । ज्यालामजदुरी गरेर मात्र परिवार पालेको चेपाङ परिवारको ६ जना बच्चा विद्यालय जान्छन् बाँकी भने मेलापात गरेर बसेका छन् ।
खरले छाएको सानो छाप्रोमा आगो बालेर गुन्द्रीको भरमा रात काट्ने चेपाङ परिवारका बच्चाहरु विद्यालय पुगेर खाजा खान पाउँछन् भने घरमा बस्नेहरु ज्याला गरेको दिनमा खाना खाने गरेको उहाँको भनाइ छ । आफ्नो बारी छैन । भएको थोरै खोरियामा दुई महिनालाई पुग्ने अन्न फल्दैन । बाँकी समय हामी त भोकै हो । हामी गरिबलाई कसले हेर्छ र रु कालीबहादुरको भनाइ छ ।