सुस्मी चेपाङ कालिका माध्यमिक विद्यालयको कक्षा ८ मा पढ्छिन् । घर (दुङवाङ) देखि विद्यालय पुग्न उनलाई तीन घण्टा पैदल हिँड्नुपर्छ । बिहान र बेलुका गरी दैनिक ६ घण्टा हिँड्नुपर्दा भोक, थकाइ लाग्थ्यो । त्यही भएर बीचमै पढाइ छाडिन् । विद्यालय पुग्न टाढा, जंगलको बाटो, उकालो ओरालो, भोकप्यास र थकाइले उनको पढाइमा ब्रेक लाग्यो ।