सुर्खेत : वीरेन्द्रनगर नपा-१२ मा निर्माणाधीन नाला काम नसकिँदै भत्किएपछि स्थानीय बासिन्दाले आक्रोश पोखेका छन्।स्थानीय बासिन्दाले सरकार‚ निर्माण कम्पनी र पूर्वाधार विकास निर्देशनालयको लापर्वाहीले कमजोर निर्माण भएको बताएका छन्। हटलाइन सडकअन्तर्गत औद्योगिक क्षेत्र टोलदेखि नेवारेसम्म निर्माणाधीन करिब ५ सय मिटरमध्ये ५० मिटरभन्दा बढी नाला बुधवार भत्किएको हो।नाला भत्किएपछि निर्माण कम्पनी तथा ठेकेदार र सरकारी प्राविधिकप्रति विभिन्न आरोप लगाउँदै आलोचना बढेको छ। कर्णालीका मुख्य