जहाज दुर्घटनास्थलमा पुगे सुरक्षाकर्मी

तारा एयरको जहाज दुर्घटना भएको स्थानमा सुरक्षाकर्मीको टोली पुगेको छ । आइतबार बिहानदेखि सम्पर्कविहीन जहाज क्षतविक्षत अवस्थामा आज बिहान गोठाला र स्थानीयवासीको टोलीले भेटाएका हुन् । चालक दलका तीन जनासहित २२ जना सवार जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । कोवाङबाट हेलिकप्टरबाट गएका नेपाली सेना सहित सशस्त्र …

सम्बन्धित सामग्री

कारुणिक दृश्यमाथि संवेदनाहीन रमिता

टुक्राटुक्रामा परिणत भीमकाय जहाज दुर्घटनापछिको भयानक दृश्य । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा लामबद्ध लास । ओहोरदोहोर गरिरहेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र, अस्पताल परिसरमा सल्लाझैं सुसाइरहेका मृतकका आफन्तहरु । दृर्घटना भएको दोश्रो दिनको खोज तथा उद्धार रोकिँदासम्म ७० जनाको मात्रै शव फेला परेको छ, २ जना अझै बेपत्ता छन् । हामी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृह […]

प्रधानमन्त्रीद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर-७२ जहाज पोखरामा आज बिहान दुर्घटनाग्रस्त भएको थियो । प्रधानमन्त्रीले उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन र्दिएका छन् । दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री त्रिभुवन विमानस्थल प्रस्थान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ […]

विमान दुर्घटनाबारे बुझ्न प्रधानमन्त्री र गृहमन्त्री पोखरा जाँदै

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पोखरा जाने भएका छन् । पोखरामा आज भएको विमान दुर्घटनाबारे थप जानकारी लिनका लागि उनीहरु घटनास्थलतर्फ जान लागेका हुन् । काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर ७२ जहाज पोखरामा आज बिहान दुर्घटनाग्रस्त भएको थियो । प्रधानमन्त्रीले उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका […]

६८ जना सवार यति एयरलाइन्सको जहाज पोखरामा दुर्घटना, क्षतिको पूर्ण विवरण आउँदै

पोखरा । ६८ जना सवार यति एयरलाइन्सको जहाज पोखरमा दुर्घटना भएको छ । काठमाडौंबाट उडान भरेको यति एयरको एटिआर जहाज पोखरा विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीले बताए । घटनास्थलमा उद्धारका लागि सुरक्षाकर्मी र एम्बुलेन्स परिचालन गरिएको छ । जहाजमा चालक दलका सदस्यसहित ६८ जना सवार थिए । दुर्घटनाको विस्तृत […]

जहाज दुर्घटना : तेह्र जनाको शव भेटियो

काठमाडौँ,१६ जेठ । मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरेमा भएको तारा एयरको जहाज दुर्घटनास्थलमा १३ जनाको शव भेटिएको छ । दुर्घटनास्थलमा पुगेका सुरक्षाकर्मी र स्थानीयले आज बिहान १०ः३० बजेसम्म १३ जनाको शव भेटाएको जिल्ला प्रशासन कार्यालय, मुस्ताङले जनाएको छ । कार्यालयका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले क्षत्विक्षत बनेको जहाजले थिचेका शव पहिचान गर्ने काम भइरहेको बताए । हेलिकप्टरमार्फत […]

यस्तो अवस्थामा भेटियो तारा एयरको सम्पर्कबिहिन भएको जहाज

पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका वडा नं २ स्थित पटके लेक सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा आज बिहान भेटिएको छ ।थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले लेतेका यार्सागुम्बा खोज्न गएका सुमित गौचनले दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जहाजको तस्बिर पठाएको जानकारी दिए । नेपाली सेनाले पनि जहाज भेटिएको पुष्टि गरेको छ । मानापाथी हिमालको फेदीमा रहेको पहाडमा टुक्राटुक्रा परेको अवस्थामा टाढाबाट जहाज देखिएपछि सुरक्षाकर्मी र स्थानीयवासीको टोली त्यसतर्फ लागेको गाउँपालिकाका अध्यक्ष गौचनले बताए । कोवाङदेखि दुई घण्टा पैदल हिँडेर याकखर्क पुगेर राति त्यहाँ बसेका करिब १०० नेपाली सेना सहितको सुरक्षाकर्मीको टोली आज बिहानै मानापाथी हिमाल आसपासको क्षेत्रतर्फ प्रस्थान गरेका जनाइएको छ । पोखराबाट बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान आइतबार बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो । हराएको जहाजमा चालक दलका तीन जना र १९ जना यात्रु रहेका जनाइएको छ ।

बेपत्ता जहाज खोज्न सेनाको एमआई–१७ हेलिकप्टर परिचालन

तारा एयरलाइन्सको बेपत्ता जहाज खोज्न नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ । काठमाडौंबाट सेनाको एमआई–१७ हेलिकप्टर जोमसोमका लागि उडेको नेपाल प्रहरीका प्रवक्ता विष्णु केसीले जानकारी दिए । उनका अनुसार यसअघि पोखराबाट गएको हेलिकप्टरले खराब मौसममा कारण विमानको अवस्था पत्ता लगाउन नसकेपछि अहिले सेनाको हेलिकप्टर पठाइएको जानकारी दिए । उनका अनुसार सम्भावित क्षेत्रमा स्थलमार्गबाट पनि सुरक्षाकर्मी परिचालन गरिएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हराइरहेको तारा एयरको विमान उडेको १२ मिनेटसम्म स

धावनमार्गको हिउँ पन्छ्याउँदै सुरक्षाकर्मी (फोटो फिचर)

जुम्ला विमानस्थलको धावनमार्गमा जमेको हिउँ सुरक्षाकर्मीले पन्छ्याएका छन्। विहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले धावनमार्गको हिउँ पन्छ्याएको हो। धावनमार्गमा हिउँ हटाएपछि आजै जहाज अवतरण गर्न सकिने अवस्था रहेको प्रमुख जिल्ला अधिकारी ब...