राष्ट्रिय सभा निर्वाचनका लागि बागमती प्रदेशमा नेमकिपाका दुई जनाले उम्मेदवारी दिएका छन् । हेटौंडा–५ स्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा नेमकिपाबाट गीता काफ्ले र कृष्ण तामाङले उम्मेदवारी दर्ता गराएका हुन् । भक्तपुरका मेयर सुनिल प्रजापति प्रतिनिधि बनेर उम्मेदवारी दर्ता गराएका हुन् ।राष्ट्रियसभामा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने २ जना सदस्यको निर्वाचनका लागि आज मनोनयन दर्ता कार्यक्रम रहेको छ । राष्ट्रिय सभामा बागमती प्रदेशबाट एक जना महिला र अन्य एक जना गरी २ जनाको पद रिक्त हुन ल