‘अल टाइम’ उच्च विन्दुमा नेप्से,लघुवित्तको सेयरमा लगानीकर्ताको आकर्षण

‘अल टाइम’ उच्च विन्दुमा नेप्सेले प्रवेश पाएको छ। मंगलबार नेप्से परिसूचक २६ दशमलव ०२ अंकले बढेर तीन हजार १ सय ११ विन्दुमा पुगेर पहिलोपटक बन्द भएसँगै उच्च रेकर्ड बनाउन सफल...

सम्बन्धित सामग्री

करीव पाँच महीनायताकै उच्च विन्दुमा नेप्से, ५ अर्ब ९८ करोड बराबरको शेयर कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक २ दशमलव २३ प्रतिशत बढेर २१ सय विन्दुमाथि पुगेको छ । यस दिन नेप्से परिसूचक २ हजार १०६ दशमलव ४८ विन्दुमा पुगेको हो । यो विन्दु करीब पाँच महीनायताकै उच्च हो । यसभन्दा अगाडि गत साउन ११ गते नेप्से परिसूचक २ हजार १२६ दशमलव ४८ विन्दुमा थियो । परिसूचक लगातार ६ दिनमा १५७ दशमलव ८८ अंक बढेको छ ।  मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि बढ्न थालेको बजारले मंगलवार पनि सोही क्रमलाई निरन्तरता दिएको हो । लगानीकर्ताहरूले सेक्टर परिवर्तन गर्दै लगानी गरिरहेका छन् भने केही कम्पनीको शेयर मूल्य छोटो समयमै दोब्बरभन्दा पनि बढीले वृद्धि भइसकेको छ । यसो त भर्खर सूचीकृत भएका कम्पनीहरूको मूल्य प्रायः तल्लो विन्दुबाटै शुरु हुने भएकाले ती कम्पनीहरूमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ । पछिल्लो समय घटेको ब्याजदर र अधिक तरलताले लगानीकर्तामा पनि उत्साह बढेको देखिन्छ । पुस लागेसँगै सबै बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाएका छन् । सोही कारण पनि लगानीकर्ता आकर्षित भएको जानकारहरू बताउँछन् ।   यस्तै नेपाल राष्ट्र बैकले शेयरधितो कर्जामा लगाएको १५० प्रतिशतको जोखिम भार अहिले घटाएर १२५ प्रतिशतमा झारेको छ, जसले गर्दा लगानीकर्ताहरूको मनोवल बढेको उनीहरूको भनाइ छ ।   यस दिन कारोबारमा आएका ३१३ धितोपत्रको १ करोड ६४ लाख ५७ हजार १३८ कित्ता शेयर ९९ हजार ६४१ पटकमा रू. ५ अर्ब ९८ करोड बराबरको शेयर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये ९ धितोपत्रको मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । बोटलर्स नेपाल बालाजु, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, शिवम् सिमेन्ट्स, नेपाल रिपब्लिक मिडिया, घोराही सिमेन्ट इन्डष्ट्रि, हाथवे इन्भेष्टमेन्ट नेपाल, मिड सोलु हाइड्रोपावर र सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएको हो ।  मंगलवार सबैभन्दा बढी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ का इकाईधनीहरूले गुमाएका छन् । यस फण्डको इकाई मूल्य सबैभन्दा बढी ७ दशमलव २६ प्रतिशत घटेको छ । यससँगै फण्डको इकाई मूल्य रू. ८ दशमलव ३० कायम भएको छ । शेयर मूल्य सर्वाधिक घट्ने सूचीमा दोस्रोमा माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनी छ । कम्पनीको शेयर मूल्य ४ दशमलव ९० प्रतिशत घटेर रू. ३३० मा झरेको छ ।  सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा शिवम् सिमेन्ट्सले ओगटेको छ । यस कम्पनीको रू.३७ करोड ४३ लाख बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५९४ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सोल्टी होटलको रू. २८ करोड ७३ लाख बराबरको भएको हो ।  यस दिन कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक बढेका छन् । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको परिसूचक ६ दशमलव ९४ प्रतिशत वृद्धि भएको छ । त्यस्तै उत्पादन तथा प्रशोधन समूहको परिसूचक ४ दशमलव ७४ प्रतिशत वृद्धि भएको छ ।

बजार बढेसँगै १६ ओटा कम्पनीको शेयरमूल्य सर्किट लेबलमा वृद्धि

जेठ ९, काठमाडौं । साताको पहिलो कारोबार दिन बजार बढेसँगै १६ कम्पनीको शेयर मूल्य सर्किट लेबलमा वृद्धि भएको छ ।  यो दिन अधिकांश वित्त कम्पनी र विकास बैंक कम्पनीको शेयर मूल्य बढेको हो । सोही कारण विकास बैंक समूहको परिसूचक ७ दशलमव ५४ प्रतिशत र वित्त समूहको परिसुचक ६ दशमलव ७६ प्रतिशतले वृद्धि भएको छ ।   यो दिन कारोबारमा आएका कुल २२० ओटा कम्पनीमध्ये १६ ओटा कम्पनीको शेयरमूल्य उच्च दरमा वृद्धि भएको हो ।  १६ ओटा कम्पनीमध्ये कर्णाली डेभलपमेण्ट बैंक र ग्रीन डेभलपमेण्ट बैंकको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतका दरले वृद्धि भएको छ । कर्णाली डेभलपमेण्ट बैंकको शेयरमूल्य प्रतिकित्ता रू. २८६ र ग्रीन डेभलपमेण्ट बैंकको शेयर मूल्य प्रतिकित्ता रू. २७५ पुगेको छ ।  आइतवार नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको हो । परिसूचक २ हजार ८२० पुगेको छ ।  यो दिन लगानीकर्ताको आकर्षण विकास बैकहरु र वित्त समूहका कम्पनीहरुको परेको छ । यी दुबै समूहको कतिपय कम्पनीहरुको शेयर मूल्य अरु कम्पनीको तुलनामा कम भएकाले पनि बजार बढ्दा ती कम्पनीहरुको शेयरमूल्य बढेको हो । महालक्ष्मी विकास बैंकको शेयर मूल्य अघिल्लो दिनको तुलनामा ९ दशमलव ९७ प्रतिशत, सांग्रिला डेभलपमेण्ट बैंकको ९ दशमलव ९३ प्रशित,युनाइटेड इदि मर्दी एण्ड आरबिबि हाइड्रोपावरको ९ दशमलव ९३ प्रतिशत,कालिका पावरको ९ शदमलव ८६ प्रतिशत,वेष्ट फाइनान्सको ९ दशमलव ८५ प्रतिशत,गुडवील फाइनान्सको ९ दशमलव ८५ प्रतिशत,सप्तकोशी डेभलपमेण्ट बैंकको ९ दशमलव ८४ प्रतिशत, बरुण हाइड्रोपावरको ९ दशमलव ८४ प्रतिशत, सिनर्जी पावरको ९ दशमलव ८ प्रतिशत,श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको ९ दशमलव ८ प्रतिशतका दरले वृद्धि भएको छ ।  त्यसैगरी आइसीएफसी फाइनान्सको ९ दशमलव ७ प्रतिशत,सेन्ट्रल फाइनान्सको ९ दशमलव ७ प्रतिशत,पोखरा फाइनान्सको ९ दशमलव ७ प्रतिशत र समृद्धि फाइनान्सको शेयर मूल्य ९ दशमलव ६ प्रतिशतका दरले वृद्धि भएको छ ।  महालक्ष्मी विकास बैंकको शेयर मूल्य प्रतिकित्ता रू. ३४२,युनाइटेड इदी मर्दीको रू.४६५,सांग्रिला डेभलपमेण्ट बैंकको रू. ३१०, कालिका पावरको रू. ४०१,गुडवील फाइनान्सकोरू. ४३५,वेष्ट फाइनान्सको रू. २९०,सप्तकोशी डेभलपमेण्ट बैंकको रू. २६८ पुगेको छ ।  त्यसैगरी बरुण हाइड्रोपावरको रू. ४०२,सिनर्जी पावरको रू. ४१४, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको रू. ३३६, आइसीएफसी फाइनान्सको रू. ४१५,सेन्ट्रल फाइनान्सको रू. ३१५,पोखरा फाइनान्सको रू. ३७३ र समृद्धि फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू. ३२८ पुगेको छ ।