जेठ ९, काठमाडौं । साताको पहिलो कारोबार दिन बजार बढेसँगै १६ कम्पनीको शेयर मूल्य सर्किट लेबलमा वृद्धि भएको छ ।
यो दिन अधिकांश वित्त कम्पनी र विकास बैंक कम्पनीको शेयर मूल्य बढेको हो । सोही कारण विकास बैंक समूहको परिसूचक ७ दशलमव ५४ प्रतिशत र वित्त समूहको परिसुचक ६ दशमलव ७६ प्रतिशतले वृद्धि भएको छ ।
यो दिन कारोबारमा आएका कुल २२० ओटा कम्पनीमध्ये १६ ओटा कम्पनीको शेयरमूल्य उच्च दरमा वृद्धि भएको हो ।
१६ ओटा कम्पनीमध्ये कर्णाली डेभलपमेण्ट बैंक र ग्रीन डेभलपमेण्ट बैंकको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतका दरले वृद्धि भएको छ । कर्णाली डेभलपमेण्ट बैंकको शेयरमूल्य प्रतिकित्ता रू. २८६ र ग्रीन डेभलपमेण्ट बैंकको शेयर मूल्य प्रतिकित्ता रू. २७५ पुगेको छ ।
आइतवार नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको हो । परिसूचक २ हजार ८२० पुगेको छ । यो दिन लगानीकर्ताको आकर्षण विकास बैकहरु र वित्त समूहका कम्पनीहरुको परेको छ । यी दुबै समूहको कतिपय कम्पनीहरुको शेयर मूल्य अरु कम्पनीको तुलनामा कम भएकाले पनि बजार बढ्दा ती कम्पनीहरुको शेयरमूल्य बढेको हो ।
महालक्ष्मी विकास बैंकको शेयर मूल्य अघिल्लो दिनको तुलनामा ९ दशमलव ९७ प्रतिशत, सांग्रिला डेभलपमेण्ट बैंकको ९ दशमलव ९३ प्रशित,युनाइटेड इदि मर्दी एण्ड आरबिबि हाइड्रोपावरको ९ दशमलव ९३ प्रतिशत,कालिका पावरको ९ शदमलव ८६ प्रतिशत,वेष्ट फाइनान्सको ९ दशमलव ८५ प्रतिशत,गुडवील फाइनान्सको ९ दशमलव ८५ प्रतिशत,सप्तकोशी डेभलपमेण्ट बैंकको ९ दशमलव ८४ प्रतिशत, बरुण हाइड्रोपावरको ९ दशमलव ८४ प्रतिशत, सिनर्जी पावरको ९ दशमलव ८ प्रतिशत,श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको ९ दशमलव ८ प्रतिशतका दरले वृद्धि भएको छ ।
त्यसैगरी आइसीएफसी फाइनान्सको ९ दशमलव ७ प्रतिशत,सेन्ट्रल फाइनान्सको ९ दशमलव ७ प्रतिशत,पोखरा फाइनान्सको ९ दशमलव ७ प्रतिशत र समृद्धि फाइनान्सको शेयर मूल्य ९ दशमलव ६ प्रतिशतका दरले वृद्धि भएको छ ।
महालक्ष्मी विकास बैंकको शेयर मूल्य प्रतिकित्ता रू. ३४२,युनाइटेड इदी मर्दीको रू.४६५,सांग्रिला डेभलपमेण्ट बैंकको रू. ३१०, कालिका पावरको रू. ४०१,गुडवील फाइनान्सकोरू. ४३५,वेष्ट फाइनान्सको रू. २९०,सप्तकोशी डेभलपमेण्ट बैंकको रू. २६८ पुगेको छ ।
त्यसैगरी बरुण हाइड्रोपावरको रू. ४०२,सिनर्जी पावरको रू. ४१४, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको रू. ३३६, आइसीएफसी फाइनान्सको रू. ४१५,सेन्ट्रल फाइनान्सको रू. ३१५,पोखरा फाइनान्सको रू. ३७३ र समृद्धि फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू. ३२८ पुगेको छ ।