एक वर्षयताकै उच्च विन्दुमा ग्रीन डेभलपमेण्ट बैंकको शेयरमूल्य : प्रतिकित्ता रू. २७५ पुग्यो

जेठ ९, काठमाडौं । आइतवार ग्रीन डेभलपमेण्ट बैंकको शेयरमूल्य एक वर्षयताकै उच्च विन्दुमा पुगेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २७५ पुगेको हो ।  आइतवार कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ । एक वर्ष अघि कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ११२ रहेकोमा अहिले १६३ रुपैयाँले वृद्धि भएर प्रतिकित्ता रू. २७५ पुगेको हो ।  बजार बढेसँगै लगानीकर्ताहरुले कम शेयरमूल्य रहेको कम्पनीहरुमा आकर्षण रहेकाले यस कम्पनीको शेयर मूल्य बढेको हो । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ३ दशमलव ८ प्रतिशत बोनस शेयर वितरण गरेको छ ।  गत चैत २८ गते सम्पन्न वार्षिक साधारण सभाले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । कम्पनीको शेयरमूल्य ४ वर्ष अगााडि ४०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्दा रू. ४०० भन्दा बढी थियो ।