सहरी फोहोरको दिगो व्यवस्थापन

दुई दशकभन्दा लामो समयदेखि नै, जब काठमाडौं उपत्यकाका सडक–चोकहरूमा फोहोर थुप्रिन थाल्छ, तब मात्र यसको दिगो व्यवस्थापनका उपायबारे चर्चा चल्ने गर्छ । यसपालि पनि, स्थानीय तह निर्वाचनमा मतदान गर्न फोहोरको डंगुर छिचोल्दै जानुपर्ने स्थिति छ, दुर्गन्ध व्याप्त छ, संक्रमणको जोखिम पनि उत्तिकै । सहरी जनसंख्याको व्यापक वृद्धि र उपभोगमुखी जीवनशैलीले दिनानुदिन फोहोरको परिणाम बढाइरहेको छ । यसको व्यवस्थापनका लागि दीर्घकालीन पूर्वाधारहरूको पहिचान गर्दै योजना पनि बनाइएको छ, तर प्रभावकारी रूपमा काम हुन सकेको छैन ।

सम्बन्धित सामग्री

निजी वनको दिगो व्यवस्थापन अति आवश्यकः उपराष्ट्रपति

उपराष्ट्रपति रामसहायप्रसाद यादवले निजी वनको दिगो व्यवस्थापन अति आवश्यक रहेको बताएका छन्।

साढे तीन वर्षभित्र काठमाडौंको फोहोरको दिगो व्यवस्थापन हुनेछः बालेन

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले काठमाडौं उपत्यकाको फोहोर दीर्घकालीन व्यवस्थापन गर्नका लागि आवश्यक सहयोग गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।

साढे ३ वर्षभित्र काठमाडौंको फोहोरको दिगो व्यवस्थापन हुनेछ: मेयर बालेन

काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन)ले अबको साढे ३ वर्षभित्र काठमाडौं उपत्यकाको फोहोरको दीर्घकालीन व्यवस्थापन हुने आशा व्यक्त गरेका छन्। उनले फोहोरको दिगो व्यवस्थापन गर्नका लागि आवश्यक सहयोग गर्न प्रधानमन्त्रीसँग आग्रह समेत गरे।

‘सरसफाइमैत्री पालिका’ साकेला

साकेला गाउँपालिकाले फोहरमैलाको दिगो व्यवस्थापन गरी पालिकालाई ‘सरसफाइमैत्री पालिका’ निर्माण गर्न बजार, पार्क, सार्वजनिकस्थल तथा कार्यालयमा ‘डस्टबिन’ राख्न सुरु गरेको छ।...

लघुवित्तमा स्रोतको दिगो व्यवस्थापन: आन्तरिक र बाह्य स्रोतमा दिगोपना आवश्यक

बैंकिङ क्षेत्रको तरलताले लघुवित्त क्षेत्रको वित्तीय स्रोतलाई प्रत्यक्ष प्रभाव पार्ने गर्छ । बैंकिङ क्षेत्रमा तरलता अधिक वा न्यून हुँदा लघुवित्त संस्थाको वित्तीय स्रोत संकलन कार्य क्रमश: सहज र कठिन हुने गर्छ । सामान्यतया बैंकिङ क्षेत्रमा तरलताको उपलब्धताले ब्याजदर निर्धारण हुने गर्छ । बैंकिङ क्षेत्रको ब्याजदरले लघुवित्त संस्थाको वित्तीय स्रोत संकलनको लागत प्रभावित हुने भएकाले लघुवित्त संस्थामार्फत प्रवाह हुने कर्जाको मात्रासमेत घटबढ हुने गर्छ ।  कोभिडको समयमा बैंकिङ क्षेत्रमा भएको अत्यधिक तरलताले आधार दरभन्दा कम ब्याजदरमा लघुवित्त संस्थाले विपन्न वर्ग कर्जा सापटी पाएका थिए भने कोभिडको समाधानपछि तरलतामा संकुचन आई यस्तो ब्याजदर १५ प्रतिशतसम्म पुगेको थियो । हाल तरलता सहज भएकाले ब्याजदर घट्ने क्रममा रहेको छ । कोभिड काल एउटा प्रतिनिधिमूलक समय मात्र हो, लघुवित्त क्षेत्रले यस्तो अवस्था अनेकौंपटक भोग्दै आएको छ । यसरी कोषको लागतमा हुने उतारचढावले लघुवित्त संस्थाको आम्दानीमा प्रत्यक्ष प्रभाव पर्ने भएकाले यस क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धासमेत हुने गरेको पाइन्छ । त्यसैले लघुवित्त संस्थाको वित्तीय स्रोतको लागतमा स्थायित्व ल्याउन वित्तीय स्रोतको दिगो व्यवस्थापन गर्नुपर्छ । यसो गर्न सकेमा कोषको प्राप्तिमा सहजता आई यस क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्न सहयोग पुग्छ । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाको समस्याको पहिचान र त्यसको समाधान विषयमा अध्ययन गरिरहेका बेला यस क्षेत्रको वित्तीय स्रोतको अवस्था र यसको दिगो व्यवस्थापनका लागि चाल्नुपर्ने कदमको बारेमा चर्चा गर्नु सान्दर्भिक हुने देखिन्छ ।  समूह सदस्यहरूबाट संकलन गरिने बचत, गैरसदस्यबाट निक्षेप, विपन्न वर्ग सापटी र डिबेन्चरबाट संकलित रकम नै लघुवित्त संस्थाको वित्तीय स्रोत हुन् । संस्थाले प्राथमिक पूँजीको बढीमा ३० गुणासम्म वित्तीय स्रोत परिचालन गर्न पाउने व्यवस्था रहेको छ । २०७९ चैत मसान्तको तथ्यांक अनुसार ५७ ओटा खुद्रा कर्जाप्रदायक लघुवित्त संस्थाको बचत/निक्षेप संकलन रू. १६७ अर्ब (४९.५ प्रतिशत) र विपन्न वर्ग कर्जा सापटी रू १६९ अर्ब (५०.५ प्रतिशत) रहेको छ भने डिबेन्चरबाट हालसम्म रकम संकलन गरिएको छैन । यसरी कुल वित्तीय स्रोतमा बचतको अंश झन्डै ५० प्रतिशत र बाँकी विपन्न वर्ग कर्जा सापटी रहेकोे देखिन्छ । हाल लघुवित्त संस्थाले प्राथमिक पूँजीको ६ दशमलव ८१ गुणा मात्र वित्तीय स्रोत संकलन गरेकाले नियामकीय प्रावधानअनुसार २३ दशमलव १९ गुणासम्म थप वित्तीय स्रोत संकलन गर्नसक्ने अवस्था रहेको देखिन्छ ।  वित्तीय पहुँचको माध्यमबाट गरीबी न्यूनीकरण गर्न लघुवित्त क्षेत्रले खेल्दै आएको योगदानलाई दृष्टिगत गर्दै नेपाल सरकारले यस क्षेत्रको स्थायित्व र विकासका लागि वित्तीय स्रोत संकलनमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । यसका लागि राष्ट्रिय लघुवित्त कोषको निर्माण उपयुक्त अवधारणा हुनसक्छ । लघुवित्त संस्थाले हालसम्म आन्तरिक स्रोतबाट मात्रै वित्तीय स्रोत संकलन गर्दै आएको छ । लघुवित्त क्षेत्रमा वित्तीय स्रोतको दिगो व्यवस्थापनका लागि हाल भइरहेको आन्तरिक स्रोतमा थप विस्तार गर्दै बाह्य स्रोतको समेत उपयोग गर्नु उपयुक्त हुन्छ ।  आन्तरिक स्रोत लघुवित्त संस्थाले नियमित र स्वैच्छिक गरी दुई प्रकारका प्रोडक्टमार्फत बचत संकलन गर्दै आएका छन् । स्वैच्छिक बचतअन्तर्गत विगतदेखि सञ्चालनमा रहेको पेन्सन बचत नियामकको निर्देशनपछि आर्थिक वर्ष २०७५/७६ देखि कार्यान्वयनमा रहेको छैन । सदस्यको क्षमता र इच्छाअनुसार सानोसानो आकारमा संकलन गरिने पेन्सन बचतले सदस्यको भविष्य सुरक्षित हुुनुको साथै बचत गर्ने बानीको विकास गर्न सहयोग पुर्‍याउँदै आएको छ । भविष्यमा एकमुष्ट रकम फिर्ता पाइने यस्तो बचतबाट ठूलै गर्जो टर्नसक्ने भएकाले यस्तो बचतले सदस्यहरू लाभान्वित हुँदै आएको पाइन्छ । विगतमा भएका कमीकमजोरीलाई थप सुधार गरी यो बचत प्रडक्टलाई पुन: सञ्चालन ल्याउँदा सदस्य र संस्था दुवै लाभान्वित हुने देखिन्छ । त्यसैगरी संस्थामा कार्यरत कर्मचारीको तलबभत्ता संस्थामा नै खाता खोली बचत गर्ने व्यवस्था गर्न सकेमा एकातिर कर्मचारीलाई कारोबार गर्न सहज हुने र अर्कोतिर संस्थाका लागि वित्तीय स्रोतको संकलनको भरपर्दो स्रोत बन्न सक्छ ।  बाह्य स्रोत  वित्तीय पहुँचको माध्यमबाट गरीबी न्यूनीकरण गर्न लघुवित्त क्षेत्रले खेल्दै आएको योगदानलाई दृष्टिगत गर्दै नेपाल सरकारले यस क्षेत्रको स्थायित्व र विकासका लागि वित्तीय स्रोत संकलनमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । यसका लागि राष्ट्रिय लघुवित्त कोषको निर्माण उपयुक्त अवधारणा हुनसक्छ । नेपाल सरकार आफैले वा लघुवित्त संस्थासँग गको संयुक्त योगदानमा राष्ट्रिय लघुवित्त कोषको निर्माण गरी वित्तीय स्रोतको दिगो व्यवस्थापन गर्ने कार्य उपयुक्त हुनसक्छ । यसका साथै, वित्तीय प्रणालीमा रहेका सम्झौतामा आधारित बचत गर्ने संस्थाहरू (कन्ट्र्याक्चुवल सेभिङ इन्टिच्युुसन्स) कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायत संस्थाको कोषलाई लघुवित्त क्षेत्रमा लगानी गर्ने व्यवस्था गर्न सके कोषप्रदायक संस्थाले राम्रो प्रतिफलमा सुरक्षित लगानी गर्न पाउने र लघुवित्त संस्थालाई वित्तीय स्रोतको भरपर्दो स्रोत उपलब्ध हुने भएकाले दुवै संस्थाहरू लाभान्वित हुनसक्छन् । वित्तीय क्षेत्रको तालुकी निकाय अर्थ मन्त्रालयमा नेतृत्व परिवर्तन भएपिच्छे लघुवित्त संस्थाका लागि वित्तीय स्रोतको दिगो व्यवस्थापन गर्ने विषय जोडतोडका साथ उठान हुने र त्यसरी नै सेलाएर जाने गरेको कुरा सार्वजनिक हुँदै आएको छ । सरकारका यस्ता क्रियाकलापले यस क्षेत्रलाई निरुत्साहित बनाउँदै आएकाले सरकारले यस विषयलाई प्राथमिकतामा राखी काम गर्नुपर्ने देखिन्छ ।  नीतिगत व्यवस्थाको आधारमा संकलन गर्ने बचत लघुवित्त संस्थाको लागि सबैभन्दा भरपर्दो वित्तीय स्रोत हो । हाल नेपाल राष्ट्र बैंकको निर्देशनको अधीनमा रही तोकिएबमोजिमका बचत संकलन गर्न पाउने प्रावधान रहेको छ । यसरी बचत संकलन गरेपछि बचतकर्तालाई आवश्यक परेको समयमा नियमानुसार स्वैच्छिक बचत फिर्ता दिने व्यवस्था मिलाउनुपर्छ । बचत फिर्ता दिँदा संस्थामा वित्तीय स्रोतमा कमी हुन्छ भन्ने संकुचित सोच बनाई बचतकर्तालाई अप्ठ्यारो परेको समयमा बचत फिर्ता नगर्ने प्रवृत्तिले बचत गर्ने कार्यलाई नै निरुत्साहित बनाउँछ । त्यसैगरी सदस्यलाई वित्तीय शिक्षाको माध्यमबाट वित्तीय कारोबारका बारेमा जानकारी दिने, कर्जाको सदुपयोग गरी सदस्यको आयस्तर बढाउनेलगायत कार्यले बचत गर्ने कार्यलाई थप प्रोत्साहन मिल्छ । यसरी सदस्य/बचतकर्तामैत्री वातावरणको निर्माणले सदस्य सन्तुष्ट हुने भएकाले संस्थाको वित्तीय स्रोत संकलनमा सहज अवस्था बन्दै जान्छ ।  लघुवित्त क्षेत्रमा वित्तीय स्रोतको सहज र दिगो आपूर्तिले मात्र लक्षित वर्गलाई वित्तीय सेवा प्रदान गर्न सकिन्छ । यसका लागि आन्तरिक स्रोतलाई थप व्यवस्थित बनाउन नेपाल राष्ट्र बैंकको र बाह्य स्रोतबाट थप वित्तीय स्रोत व्यवस्थापन गर्न नेपाल सरकारको पहल आवश्यक देखिन्छ । त्यसैले लक्षित वर्गलाई वित्तीय पहुँचमार्फत आर्थिक गतिविधिमा संलग्न गराई अर्थतन्त्रको मूलधारमा ल्याउन लघुवित्त संस्थाको भूमिकालाई प्राथमिकता दिँदै वित्तीय स्रोतको दिगो व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।  लेखक लघुवित्तसम्बन्धी जानकार हुन् ।

‘फोहोरलाई भान्सामै कुहिने र नकुहिने गरी छुट्याए मात्र दिगो व्यवस्थापन’

सहरी फोहोर व्यवस्थापनको दिगो समाधानका लागि भान्छामै वर्गीकरण गर्नुपर्ने वातावरण सुधार र जनस्वास्थ्य क्षेत्रबाट सुझाव आएको छ । आज राजधानीमा काठमाडौँ महानगरपालिकाको वातावरण तथा कृषि विभाग, फ्रान्सको मेड्सा डु मोन्ड, ग्रीन पाथ नेपाल र संयुक्त सफाइ जागरणले आयोजना गरेको कार्यक्रममा यस्तो सुझाव आएको हो ।कार्यक्रम, स्रोतमा फोहोर वर्गीकरण र दिगो फोहोर व्यवस्थापनमा अनौपचारिक क्षेत्रको योगदान विषयमा केन्द्रीत थियो । केन्द्रीत विषयमा टिप्पणी गर्दै सहभागीबाट फोहोर व्यवस्थापनमा निजी क्षेत्रबाट गरिएको योगदानक

दिगो व्यवस्थापन नहुँदा फोहोरको समस्या ज्युँका त्युँ

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दिगो रूपमा व्यवस्थापन गर्न नसक्दा फोहोर व्यवस्थापनको चुनौति फेरि थपिएको छ । उपत्यकाको फोहोर डम्पिङ गर्ने सिसडोल–बञ्चरेडाँडा ल्यान्डफिल साइट जाने सडक खण्ड मर्मत नभएकाले विगत १० दिनदेखि उपत्यकाको सर्वजनिक स्थल तथा सडक क्षेत्रमा फेरि फोहोर थुुप्रिन थालेको छ ।महानगरपालिकाले फोहोरको दिगो व्यवस्थापन गर्ने भन्दै गत साउन १ गतेदेखि कुइने र नकुइने […]

सोलुखुम्बु : साल्मे-सिस्नेरी पहिरो रोक्न दिगो व्यवस्थापन गरिँदै

सोलुखुम्बु : सिद्धिचरण राजमार्गको साल्मे–सिस्नेरी खण्डमा खस्ने गरेको पहिरो नियन्त्रण गर्न दिगो व्यवस्थापन उपाय अपनाइने भएको छ।जिल्ला सदरमुकाम सल्लेरीलाई जोड्ने एकमात्र सडकमा पर्ने साल्मे–सिस्नेरीमा पहिरो खस्दा बारम्बार सडक अवरुद्ध हुने गरेको छ। सोलुदूधकुण्ड नगरपालिका–११, तिङ्लामा पर्ने पहलमान भिर र सिस्नेरी पहिरोका कारण हिउँद-बर्खा जहिल्यै सडक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन्।सडक निर्माण गरेको करिब १० वर्ष पुरा भएको छ। शुरूवाती देखि नै उक्त

दिगो व्यवस्थापन गर्न सके वनबाट १३ लाख प्रत्यक्ष रोजगारी : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वन क्षेत्रको दिगो व्यवस्थापन गर्न सके वार्षिक १३ लाख जनसङ्ख्याले प्रत्यक्ष रोजगार पाउन सक्ने बताउनुभएको छ ।

करोडौँ खर्च हुँदा पनि छाडा पशुको दिगो व्यवस्थापन भएन

कञ्चनपुरमा पालिकाहरूले कराेडौँ रकम खर्च गर्दा पनि छाडा पशु चौपायाको यहाँ दिगो व्यवस्थापन हुन सकेको छैन । छाडा पशु चौपायाहरू राजमार्गमा जथाभाबी छाडिदा सडक दुर्घटना हुनुका साथै पालिकालाई अझै व्यवस्थापन चुनौती नै छ ।