‘फोहोरलाई भान्सामै कुहिने र नकुहिने गरी छुट्याए मात्र दिगो व्यवस्थापन’

सहरी फोहोर व्यवस्थापनको दिगो समाधानका लागि भान्छामै वर्गीकरण गर्नुपर्ने वातावरण सुधार र जनस्वास्थ्य क्षेत्रबाट सुझाव आएको छ । आज राजधानीमा काठमाडौँ महानगरपालिकाको वातावरण तथा कृषि विभाग, फ्रान्सको मेड्सा डु मोन्ड, ग्रीन पाथ नेपाल र संयुक्त सफाइ जागरणले आयोजना गरेको कार्यक्रममा यस्तो सुझाव आएको हो ।कार्यक्रम, स्रोतमा फोहोर वर्गीकरण र दिगो फोहोर व्यवस्थापनमा अनौपचारिक क्षेत्रको योगदान विषयमा केन्द्रीत थियो । केन्द्रीत विषयमा टिप्पणी गर्दै सहभागीबाट फोहोर व्यवस्थापनमा निजी क्षेत्रबाट गरिएको योगदानक