साकेला गाउँपालिकाले फोहरमैलाको दिगो व्यवस्थापन गरी पालिकालाई ‘सरसफाइमैत्री पालिका’ निर्माण गर्न बजार, पार्क, सार्वजनिकस्थल तथा कार्यालयमा ‘डस्टबिन’ राख्न सुरु गरेको छ।...
टक्सार– किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली’ पर्वअन्तर्गत भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा आज साकेला सिलीसहित शुभकामना आदानप्रदान गरिएको छ । गत मंगलबारदेखि सुरु भएको यस चाडमा किरात समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि एक महिनासम्म साकेला उभौली मनाउने प्रचलन छ । पन्ध्र दिनसम्म मनाइने उधौली साकेलाको अवसरमा भोजपुरमा पनि किरात समुदाय […]
खोटाङ- किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उँधौली’ मंगलबारदेखि सुरु भएको छ। माझकिरात भनेर चिनिने खोटाङका किरात समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उँभौली चाड मनाउने गर्दछन्। पन्ध्र दिनसम्म मनाइने उँधौली साकेलाको अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका किरात समुदाय ऐतिहासिकस्थल रूपाकोटगढीमा भेला भएर किराती पुर्खा/धामीले प्रकृतिको पूजा आराधना […]
३० वैशाख, काठमाडौं । काठमाडौंमा बसोबास गर्ने किरात समुदायले शनिबार टुँडिखेलमा साकेला नाचेका छन् । बुद्ध पूर्णिमापछिको दोस्रो शनिबार उनीहरुले परम्परागत जातीय भेषभूषा लगाएर र बाजागाजा सहित साकेला नाचेका हुन् । उभौली पर्वको अवसर पारेर काठमाडौंमा बसोबास गर्ने पूर्वी नेपालका किरात समुदायले साकेला नाचेर आपसमा खुशियाली साटासाट गरेका हुन् । हेर्नुहोस् तस्वीरहरु
काठमाडाैँ- खाेटाङमा महिना दिनसम्म मनाइने किराँत समुदायको महान चाड साकेला उभौली चाड विधिवतरूपमा समापन गरिएको छ। जिल्लाकाे प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारस्थित माटीकोरे खेलमैदानमा बृहत् साकेला सिली प्रदर्शन गरेर औपचारिकरूपमा साकेला उभौली चाड समापन गरिएको हो। किराँत राई यायोख्खा र किराँत सेवा समाज खोटाङले संयुक्तरूपमा शनिबार आयोजना गरेको बृहत् साकेला सिली प्रदर्शनीमा विभिन्न स्थानका ११ समूह […]
ललितपुर– खुमलटारस्थित सेकुवा भिलेज खचाखच थियो । क्याफेभित्र मात्रै होइन ढोका बाहिर बाटसमेत रमिता हेर्नेको भिड उत्तिकै थिए । यो भीड किरातहरूको संस्कृति जर्गेना गर्न आयोजना गरिएको साकेला नाच्ने र हेर्नेको हो । वैशाख पूर्णिमापछि एक महिनासम्म लगातार नाचिने साकेला नाच पछिल्लो समय अन्यबेला पनि देखिन थालेको छ । साकेला भिलेजका सञ्चालक गणेश राई हरेक वर्ष […]
किरात राई यायोक्खा सुनसरीको आयोजनामा गरिएको साकेला सिली प्रर्दशनमा सुनसरी, मोरङ, धनकुटा, खोटाङ, भोजपुर, उदयपुर लगायतका जिल्लाबाट २० हजार भन्दा बढि किरात राईहरू साकेला नाच्न उपस्थित भएका थिए ।
काठमाडौं, ७ जेठ । काठमाडौंको टुँडिखेलमा आज साकेला उभौली पर्व मनाईएको छ । किराँत समूदायले मनाउँदै आएको यो पर्व टुँडिखेलमा आज धुमधामका साथ मनाईएको हो । हरेक वर्षझैं यो वर्ष वैशाख पूर्णिमाको अवसर पारेर शनिबार किराँत समुदायले आफ्नो महान पर्व साकेला उभौली धुमधामसाथ मनाएको हो। साकेला उभौली किराँत, राई, लिम्बू, याक्खा र सुनुवारको प्रमुख चाड […]
१७ पुस, काठमाडौं । उधौली पर्व अन्तर्गत काठमाडौंका किरात समुदायले शनिबार टुँडिखेलमा साकेला नाच प्रदर्शन गरेका छन् । मार्ग शुक्ल पूर्णिमाको दिनदेखि एक महिनासम्म साकेला नाच प्रदर्शन गर्ने प्रचलन छ । पुस ४ गते मार्ग शुक्ल पूर्णिमाको दिन ललितपुरको सानो हात्तीवन किराँतकालदेखिको ऐतिहासिक धार्मिक तीर्थस्थलमा किरात समुदाय भेला भएर साकेला नाच प्रदर्शन गरेका थिए । […]