वितरण गर्न ल्याइएको चामल गोदाममा नै कुहियो

नौमूले गाउँपालिकाका जनतालाई वितरणका लागि खरिद गरिएको चामल दुई वर्ष गोदाममै थन्कियो । असिनापीडितका लागि गाउँपालिकाले खाद्य डिपोबाट खरिद गरेर  सस्तोमा वितरण गर्न ल्याएकामा लामो समयपछि  कुहिएकाले स्थानीय प्रशासन र प्रहरीको  रोहवरमा १५५ बोरा चामल गाडिएको हो ।असिना परेर मकै र धानबाली नष्ट भएपछि स्थानीयवासीलाई भोकमरीको चपेटामा पर्न नदिन पाँच ट्रकभन्दा बढी  चामल खरिद गरिएकामा केही वडा–वडामा वितरण गरिएको थियो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र शाहीले आफूले

सम्बन्धित सामग्री

तीन दिने वर्षाले कुहियो लाखौँको आलु [फोटोफिचर]

भारतबाट ल्याइएका तरकारी विशेष गरी अधिकांश आलु बाटोमै कुहियो र केही सद्दे रहेका आलु व्यापारीहरुले सुकाउन थालेका छन् ।

डडेल्धुरामा डिजेल, पेट्रोल सकियो तरकारी कुहियो

डडेल्धुरा । सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने एक मात्रै राजमार्ग भिमदत्त राजमार्ग एक साता सम्म सुचारु हुन नसक्दा पहाडी जिल्लाहरुमा डिजेल र पेट्रोलको अभाव भएको छ । पहाडको तरकारी निर्यात हुन नसक्दा कुहिएको छ । कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोला क्षेत्रमा साउन २३ गते बिहान खसेको पहिरो र राजमार्ग भाँसिदा सडक अवरुद्ध भएको थियो । सडक […] The post डडेल्धुरामा डिजेल, पेट्रोल सकियो तरकारी कुहियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बेमौसमी वर्षातले कुहियो खर, किसान चिन्तित

कात्तिक २५, बैतडी । बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा गाइभैँसीको लागि खर (गाज्यो) काटेर थुपार्ने गर्दछन् । यस वर्ष आएको बेमौसमी वर्षातले थुपारेको सबै खर कुहिएपछि किसान चिन्तित बनेका छन् ।खरलाई स्थानीय भाषामा गाज्यो भन्ने गर्दछन् । हिउँदमा गाईवस्तुहरुलाई खुवाउनका लागि खर काटेर वनजंगल र घर नजिक थुपार्ने गरिन्छ । वर्षात सकिएपछि महिलाहरु आ आफ्नो भोगचलन गर्दै आएको बनमा गएर खर काट्ने गर्दछन ।  आफ्नो भोगचलन गर्दै आएको बनमा रहेको हरियो घाँस काटेर घाममा सुकेपछि मात्र त्यसलाई खर भन्ने गर्दछन् । हरियो घाँस काटेर दुई दिनसम्म घाममा सुकाएर खर बनाएपछि रुखमा थुपार्ने गर्दछन् । यस वर्ष कात्तिक पहिलो साता तिर परेको बेमौसमी अबिरल वर्षाले थुपारेको सबै खर कुहिएको छ । थुपारेको सबै खरभित्र पानी पसेपछि कुहिएको बैतडीकी हरिना साउँदले बताइन् । ‘पानीले सबै गाज्यो कुहियो कामै नलाग्ने भएको छ अब गाईवस्तु के खानेहुन भोक भोकै मर्ने भए’ उनले भनिन् । हरिनाको जस्तै चिन्ता सबै महिलाहरुको रहेको छ । महिलाहरु असोज पहिलो सातादेखि खर काटन शुरु गर्दछन् । दशंैतिहारमा याहाँका महिलाहरुलाई खर काट्न भ्याई नभ्याई हुन्छ । दशैंभन्दा पनि खर थुपार्ने चटारो यहाँका महिलामा हुन्छ । थुपारेको केहि खर पहिरोले पनि बगाएको छ । पहिरोले नबगाई बाँकी रहेको थुपारेको खर कुहिपछी अहिले महिलाहरु हिउँदमा गाईवस्तुलाई के खुआउने भन्ने चिन्तामा रहेका छन् । यहाँका केहि महिलाहरुले खर विक्री गरेरनै घरखर्च चलाउने गर्दछन् । महिलाहरु आफ्नो प्राणको बाजी लगाएर भिरपाखाबाट काटेर राखेको खर वर्षातले कुहिँदा वर्षभरी गाईभौँसीलाई के खवाउँने भन्ने चिन्ता उनीहरुमा थपिएको छ ।

टीकापुरको केरा कुहियो, भारतबाट साढे दुई करोडको आयात

काठमाडौं, कार्तिक २५। पछिल्ला वर्षमा नेपालमा केरा र सुन्तलालगायत विभिन्न फलफूलको नेपालमै राम्रो उत्पादन हुँदै आएको छ । किसानहरूले फलफूल खेतीमा विशेष ध्यान दिन थालेका छन् । तर, यो वर्षको तिहारको तीन दिनमा मात्र छिमेकी मुलुक भारतबाट साढे ५ करोडबराबरको केरा र सुन्तला खरिद गरिएको छ । भारतबाट साढे २ करोडबराबरको केरा आयात हुँदा कैलालीको […]

टीकापुरको केरा कुहियो, भारतबाट साढे दुई करोडको आयात

काठमाडौं । पछिल्ला वर्षमा नेपालमा केरा र सुन्तलालगायत विभिन्न फलफूलको नेपालमै राम्रो उत्पादन हुँदै आएको छ । किसानहरूले फलफूल खेतीमा विशेष ध्यान दिन थालेका छन् । तर, यो वर्षको तिहारको तीन दिनमा मात्र छिमेकी मुलुक भारतबाट साढे ५ करोडबराबरको केरा र सुन्तला खरिद गरिएको छ । भारतबाट साढे २ करोडबराबरको केरा आयात हुँदा कैलालीको टीकापुरमा […] The post टीकापुरको केरा कुहियो, भारतबाट साढे दुई करोडको आयात appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

शीतभण्डारमा राखेको किसानको आलु कुहियो

आलु रोप्ने वेलामा बिउ अभाव नहोस् भनेर कमल–२ का कृषक टंक कट्टेलले गत चैतमा साढे तीन सय बोरा आलु दमक–४ स्थित शान्ति कोल्डस्टोरमा भण्डारण गरेर राखेका थिए । प्रतिबोरा तीन सय...

कुहियो पराल, पशु आहारामा कमी

वर्षाले पराल भिज्दा सुदूरपश्चिमका पशुपालक किसानलाई पशुपालनमा समस्या थपिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेशका वरिष्ठ पशु विकास अधिकृत डा. हेमराज अवस्थीले बताए...

गोनाही नगरपालिकाले भण्डारण गरेको खाद्यान्न कुहियो

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाले भण्डारण गरेको खाद्यान्न सामग्री कुहिएको भन्दै खाल्डो खनेर पुरेपछि विवाद भएको छ । लकडाउनको समयमा नगरपालिका भित्र रहेका गरिव, असहाय समुदायका बासिन्दालाई राहत दिन खरिद गरेको खाध्यान्न सामग्री गोदाममानै थन्काएपछि कुहिएको हो । गत आर्थिक वर्ष नगरपालिकाले खरिद गरेको र प्रदेश सरकारबाट प्राप्त खाध्यान्न सामग्री मध्ये केही खाध्यान्न कुहिएपछि […]

लाखौंको आलु कुहियो

सल्यान : आलु कुहिएपछि सल्यानका किसान मारमा परेका छन्। व्यावसायिक आलु खेती गर्दै आइरहेका बागचौर नगरपालिका–११ वाफुखोलाका किसानहरु मारमा परेका हुन्।१० देखि व्यावसायिक आलु खेती गर्दै आइरहेका वाफुखोलाबासीले पहिलोपटक यस्तो समस्या आएको बताएका छन्। आफ्नो १० क्विन्टल आलु कुहिएर फालेको किसान झुपलाल वलीले बताए। १५ रोपनीमा करिब २०० क्विन्टल आल्ु भएको र जसमा १० क्विन्टलभन्दा कुहिएको उनल बताए। यस्तै, १०० क्विन्टल खनेकोमा २० क्विन्टल कुहिएको अर्का किसान केशरबहादुर वलीले बताए। आलुखेती जीविकोपार्जन गर

प्रधानमन्त्री ओलीको टिप्पणी : ‘महान् जनयुद्ध के भो ? फर्सी जस्तै कुहियो’

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महान् जनयुद्ध’ फर्सी जस्तै कुहिएको टिप्पणी गरेका छन् । काठमाडौंमा आयोजित युवा संघको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘महान् जनयुद्ध के भो ? फर्सी जस्तै कुहियो’ विगतमा जातजातमा जनता विभाजित गर्ने र पहिचानको नाममा देश टुक्र्याउने प्रयास भएपनि असफल बनाइएको ओलीले दाबी गरे । उनले संसदको निर्वाचन हुँदा देश संकटमा नपर्ने जनाएका छन् । प्रधानमन्त्री ओलीले केही मान्छेले संसद विघटन हुँदा देश संघटमा पर्‍यो भनेर स्यालहुइँया मच्चाएको बताए । ...