प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महान् जनयुद्ध’ फर्सी जस्तै कुहिएको टिप्पणी गरेका छन् ।
काठमाडौंमा आयोजित युवा संघको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘महान् जनयुद्ध के भो ? फर्सी जस्तै कुहियो’
विगतमा जातजातमा जनता विभाजित गर्ने र पहिचानको नाममा देश टुक्र्याउने प्रयास भएपनि असफल बनाइएको ओलीले दाबी गरे ।
उनले संसदको निर्वाचन हुँदा देश संकटमा नपर्ने जनाएका छन् । प्रधानमन्त्री ओलीले केही मान्छेले संसद विघटन हुँदा देश संघटमा पर्यो भनेर स्यालहुइँया मच्चाएको बताए ।
...