बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले सोमबारदेखि भारतको चारदिने भ्रमण गर्दै छिन् । द्विपक्षीय सम्बन्ध प्रगाढ बनाउन यो भ्रमण हुन लागेको हो । सम्पर्क सञ्जाल विस्तार, ऊर्जा र खाद्य सुरक्षाका साथै व्यापार र लगानीका अवसरमा ध्यान केन्द्रित गर्दै उनले आफ्ना समकक्षी नरेन्द्र मोदीसँग वार्ता गर्नेछिन् । बङ्गलादेश र भारत दुवै सांस्कृतिक, आर्थिक, भाषिक, राजनीतिक एवम् धार्मिक रूपमा धेरै समानता भएका देश हुन् । बङ्गलादेशको स्वतन्त्रता सङ्ग्राममा भारतको महत्वपूर्ण भूमिका भएतापनि नयाँदिल्ली र ढाकाबीचक