धनगढी- बैतडीमा चितुवाको आक्रमणबाट एक बालक घाइते भएका छन्। शिवनाथ गाउँपालिका-६ बसेडीका १३ वर्षीय पारस धनाडी चितुवाको आक्रमणबाट घाइते भएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। मंगलबार बिहान विद्यालय जाने क्रममा चितुवाले धनाडीमाथि बसेडी ठाडाइजर भन्ने ठाउँमा आक्रमण गरेको प्रहरी प्रवक्ता जोशीले बताए। उनको टाउको, गर्धन र कम्मरमा चोट लागेको छ। […]