जनकपुरधाममा चट्याङ लागेर २ बालक घाइते भएका छन् । शुक्रबार वर्षासँगै परेको चट्याङबाट जनकपुरधाम उपमहानगरपालिका १ स्थित पुलचोक बस्ने हकिम साफीका ११ वर्षीय छोरा रहान साफी र साबिक शेखका १२ वर्षीय छोरा शहीद शेख घाइते भएको धनुषा प्रहरीले जनाएको छ । जनकपुरधामको पुल्चोकस्थित रेल्वे स्टेशन नजिकै चट्याङ लागेर दुबै बालक घाइते भएको धनुषाको प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए । पिपलको रुखमा चटयाङ खस्दा रुखमुनि खेलिरहेका दुई बालक घाइते भएका हुन् ।घाइतेमध्ये रहान साफीको अवस्