काठमाडौंको बौद्धमा घरको बरन्डाबाट लडेर बालक घाइते भएका छन् । बौद्धस्थित तिनचुली घर भएका १३ वर्षीय सोनाम छिरिङ शेर्पा तीनतले घरको बरन्डाबाट लडेर घाइते भएका हुन् ।खेल्ने क्रममा लडेका सोनामको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।