स्वास्थ्य सेवा विस्तारका लागि सिन्धुलीको आठ पालिकामा आधारभूत अस्पतालका भवन निर्माण हुँदैछन्। सङ्घीय सरकारले २०७७ मङ्सिरमा सुरु गरेको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ निर्माण योजनाअनुरुप भवन बनाउन लागिएको हो।
ललितपुर । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले मुलुकमा जलनसम्बन्धी स्तरीय अस्पताल निर्माणमा आफू क्रियशील रहने बताएका छन् । आज ललितपुरमा आयोजित एक कार्यक्रममा नेता भण्डारीले मुलुकमा हालसम्म जलनसम्बन्धी स्तरीय अस्पताल बन्न नसक्नु दुखद भएको बताए । उनले राज्यमा जलनसम्बन्धी प्रभावकारी उपचार गर्ने अस्पतालको खाँचो औँलाउँदै यसको स्थापनाका लागि आफूले पहल गर्ने उल्लेख गरे । विकाससँगै […]
अस्पतालमा खुँडोपना तथा अनुहारका विभिन्न विकृतिसम्बन्धी समस्या भएका व्यक्तिहरुले पूर्णत नि:शुल्क सेवा पाउने क्रेनियोफेसियल सर्जन डा सुमित सिंहले जानकारी दिए। उनकै पहलमा नेपालमा अस्पताल निर्माणको काम अगाडि बढेको हो।
रसुवा । दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिकाअन्तर्गत पारच्याङमा पहिलो ग्रामीण अस्पतालको निर्माण कार्य शुरू भएको छ । संघीय सरकारको ६ करोड रुपैयाँ बजेटमध्ये बोलपत्रको प्रतिस्पर्धाबाट रू. चार करोड १६ लाखमा धुलिखेल निर्माण सेवाले ठेक्का सम्झौता गरेर साढे दुईतले अस्पताल भवनको निर्माण अघि बढाएको हो । अस्पताल निर्माणको समयसीमा दुई वर्षको छ । अस्पताल तीन हजार वर्ग फिट क्षेत्रफलमा निर्माण हुनेछ । जमीनमा पिलर ठड्याउने र टाइबिम कस्ने काम सम्पन्न भएको सहायक निर्माण व्यवसायी गोविन्दलाल तामाङले बताए ।
विसं २०४० मा स्थापित पारच्याङ स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी ग्रामीण अस्पताल निर्माण गर्न लागिएको हो । अस्पताल सञ्चालनमा आएपछि नौकुण्डका करीब १० हजार बासिन्दाले उपचार पाउने नौकुण्ड गाउँपालिकाले बताएको छ । यसबाट सरमथली, पाटीखर्क, दनुस्वारा, यार्सा, गाङ्मर, थाङ्दोर, सिङ्वन्दी, युव्रा, आरूखर्क, फाम्चेत, दारघारी, बासभञ्ज्याङ, मञ्जुचेत, चिलाउने गाउँ, भञ्ज्याङ डाँडा, दुम्रा, लारच्याङ, घिचेतलगायतका बासिन्दा लाभान्वित हुने अधिकृत स्वास्थ्य शाखा प्रमुख अणप्रसाद पौडेलले बताए । रासस
दोलखा (अस) । दोलखाको बिगु गाउँपालिका–५ चिलंखाको लोटिङमा सुविधासम्पन्न अस्पताल निर्माण गरिने भएको छ । हेल्थ नेपाल नामक गैरसरकारी संस्थामार्फत जर्मन नागरिक र स्वास्थ्यकर्मीहरूको सहयोगमा अस्पताल भवन निर्माण गर्न लागिएको हो ।
अस्पताल चक्रेश्वरी सामुदायिक स्वास्थ्य केन्द्र मातहत सञ्चालन हुने सामुदायिक केन्द्रका अध्यक्ष प्रवीण खड्काले जानकारी दिए । उनका अनुसार अस्पताल सञ्चालनका लागि हेल्थ नेपाल मार्फत २१ कोठे भवन निर्माण हुनेछ । भवनको डिजाइन जर्मन इन्जिनियरहरूको टोलीले गर्ने भएको छ । करिब तीन करोड ८७ लाख रुपैयाँमा भवन निर्माण हुने प्रारम्भिक लागत अनुमान छ ।
चिलंखामा जन्मिएका छिरिङ शेर्पासँग विवाह गरेकी जर्मन नागरिक सोनिया, जर्मन डाक्टर क्लाउसको अग्रसरतामा अस्पतालका लागि आर्थिक सहयोग जुटेको केन्द्रका अध्यक्ष खड्काको भनाइ छ । अस्पताल भवन निर्माणका लागि करिब साढे ६ रोपनी जग्गा संस्थाको स्वामित्वमा आइसकेको छ । अस्पताल निर्माणका लागि प्राप्त जमिनमध्ये दुई रोपनी इको हिमाल नामक संस्थाले खरिद गरिदिएको छ । आधा रोपनी स्थानीय समाजसेवी जेनी खड्काले दान दिएकी छन् भने बाँकी जग्गा २९ जना दाताहरूबाट संकलित रकमबाट खरिद गरिएको खड्काको भनाइ छ । यो अस्पताल निर्माणछि बिगु गाउँपालिकाको वडा नम्बर ५, ६, ७, र ८ का स्थानीय बासिन्दाहरूले स्वास्थ्य सेवा प्राप्त गर्नेछन् । हाल स्थानीय स्वास्थ्य चौकीमा उपचार पाउन नसकेका स्थानीयले सिँगटी बजारमा रहेको सिगटी अस्पताल वा सदरमुकाम चरिकोट उपचार गर्न आउनुपर्ने बाध्यता छ ।
पशुपंछीको उपचारका लागि पोखरामा भेटेरिनरी अस्पताल निर्माण गरिने भएको छ । घाईते तथा विरामी पशुपंछीको उपचार गर्ने उद्देश्यले कास्की र तनहुँ गरी प्रदेशका २ जिल्लामा नमूना भेटेरिनरी अस्पताल निर्माण गर्नेगरी बजेट छुट्टिएको थियो ।...
काठमाडौं। सरकारले आउँदो आर्थिक वर्षमा कीर्तिपुरमा जटिल तथा घातक प्रकृतिका रोगको उपचारका लागि १५ सय शैय्याको अस्पताल निर्माण गर्ने भएको छ। आज प्रस्तुत बजेटमा ‘सुपर स्पेसियालिटी केन्द्र’को निर्माण कार्य शुरु गरी तीन वर्षभित्र सञ्चालनमा ल्याउने बताइएको छ। केन्द्रमा नेफ्रोलोजी, युरोलोजी, न्युरोलोजी, न्युरोसर्जरी, स्पाइनल सर्जरी, कार्डियोलोजी, कार्डियोसर्जरी, पल्मोनोलोजी, ग्यास्ट्रोइन्टरलोजी र ग्यास्ट्रो सर्जरीलगायत अन्य रोगको विशिष्टीकृत उपचार गरिने जनाइएको छ।
काठमाडौं। भक्तपुरको चाँगुनारायण नगरपलिकामा ३० वेडको कोरोना अस्पताल निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए। भक्तपुरका प्राइभेट अस्पतालहरूले पनि कोरोनाका विरामीहरूको उपचार गरिरहेको भट्टराईले जानकारी दिए। अस्पतालहरू निर्माण भएपनि अक्सिजनको कमिले गर्दा उपचारमा समस्या सिर्जना भएको उनले सुनाए। भक्तपुर जिल्लामा हिजो एकै दिन कोरोनाको कारण २ जनाको मृत्यु र ४०० जनामा संक्रमण देखिएको उनले बताए।