काभ्रे : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरी परेको चार वर्षपछि काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाका तत्कालीन अध्यक्ष सलामसिं लामा तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्मिला लामिछानेलगायत सातविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले नदीजन्य पदार्थ उत्खननसम्बन्धी ठेक्कामा अनियमितता गरेको आरोपमा पाँच ठेकेदारसहित गाउँपालिका तत्कालीन अध्यक्ष लामा र प्रमुख प्रशासकीय अधिकृत लामिछानेविरुद्ध मुद्दा दायर गरेका हो। २०७५ मंसिरमा नदीजन्य पदार्थ उत्खनन र संकलन गर्नेबारे प्रकाशित सूचना