नेपाल बैंकर्स संघको कार्यसमिति सदस्यमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइराला र नेपाल एसबीआई बैंकका सीइओ दिपककुमार दे दोहोरिने भएका छन् । संघको मंसिर २६ गते बस्ने साधारणसभाले कोइराला र देलाई पुनः कार्यसमिति सदस्यमा दोहोर्याउने तयारी गरेको हो । वर्तमान कार्यसमितिमा रहेका कोइराला र देको कार्यकाल सकिँदैछ । यस्तै मेगा बैंकले अनुपमा खुञ्जेलीको कार्यकाल नदोहोर्याएपछि रिक्त रहन पुगेको अर्को सदस्य पदमा एभरेष्ट बैंकका सीईओ सुदेश खालिङलाई ल्याउने भएको छ । खालिङ यसअघि प