नेपाल बैंकर्स संघको अध्यक्षमा अनिलकुमार उपाध्याय निर्विरोध चयन हुने भएका छन् । आगामी कात्तिक २३ मा हुन लागेको संघको वार्षिक साधारणसभा तथा संघको नयाँ नेतृत्व चयनका लागि उपाध्याय बाहेक अरु कसैको पनि उम्मेदवारी नपरेपछि उनी स्वतः अध्यक्ष बन्ने भएका हुन् ।योसँगै अब संघको आगामी वार्षिक साधारणसभाले उपाध्यायलाई नै अध्यक्ष घोषित गर्नेछ । निर्वाचन समितिले अध्यक्षका लागि बुधबार बेलुका ५ बजेसम्मका लागि उम्मेदवारी दिन भनेको थियो । तर अन्तिम समयसम्म उपाध्याय बाहेक अरु कसैको उम्मेदवारी परेन ।कृषि व