पार्टीको केन्द्रीय समिति बैठकले कसलाई सरकारमा पठाउने भन्ने विषयमा निर्णय गर्ने अधिकार सभापति लामिछानेलाई नै दिएको छ । तर, नेताहरुका अनुसार पाउने मन्त्रालय टुंगिएमा कसलाई पठाउने भन्ने लगभग निश्चित छ ।
काठमाडौं : सीट बाँडफाँडको टुंगो लगाउन सत्ता गठबन्धनका शीर्ष नेताको बैठक आज बस्दैछ। निर्वाचनको समय नजिकिँदै जाँदा पाँच दलीय गठबन्धनलाई सिट बाँडफाँडमा चटारो छ। निर्वाचन आउन अब ५३ दिनमात्रै बाँकी छ।त्यसका लागि गठबन्धनका शीर्ष नेताहरुको बैठक आज बिहान ८ बजे बालुवाटारमा बस्न लागेको हो। बैठकले सीट बाँडफाँट टुंगो लगाउने कार्यदलले दाबी गरेको छ।मंगलवार बालुवाटारमा बसेको कार्यदलको बैठकले प्रदेशसभामा सीट बाँडफाँटको मापदण्ड बनाएको थियो। प्रदेशसभातर्फको ३३० सीट बाँडफाँडको प्रस्ताव तयार गरेको नेताहरुले जनाएका
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले समानुपातिकतर्फका उम्मेदवारको सूची टुंगो लगाएको छ । सोमबार बसेको राप्रपाको बैठकले सबै क्लस्टरका समानुपातिकतर्फका उम्मेदवारको सूची टुंगो लगाएको हो ।राप्रपाको कार्यसम्पादन, पदाधिकारी र संसदीय समितिको संयुक्त बैठकले समानुपातिक उम्मेदवारको सूची तयार गरिएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताए । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि लामो छलफलपछि समानुपातिक उम्मेदवारको सूची तयार गरेको उनले बताए ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालले समानुपातिक उम्मेदवारको सूची टुंगो लगाएको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरसहितका शीर्ष नेताले उम्मेदवार टुंगो लगाएका हुन् । भदौ ३१ गते बसेको कार्यकारिणी समितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका लागि समानुपातिक उम्मेदवार टुंगो लगाउने अधिकार अध्यक्ष ठाकुरलाई दिएको थियो । अध्यक्ष ठाकुरले पार्टीका शीर्ष नेताको सल्लाहमा उम्मेदवारको टुंगो लगाएको सो पार्टीका एक नेताले बताए ।शीर्ष नेताले उम्मेदवार टुंगो लगाएपछि त्यसलाई कलस्टर अनुसार सूची तयार गर्ने जिम्मेवारी पार
सत्तारुढ गठबन्धनबीच चुनावमा सिट बाँडफाँटको टुंगो लगाउन बनेको कार्यदलले प्रतिवेदन तयार गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कार्यदलको बैठकले प्रतिवेदन तयार गरेको हो ।प्रतिवेदनलाई कार्यदलले अन्तिम रूप दिएर भोलि शीर्ष नेताहरूलाई बुझाइने बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । सिट बाँडफाँट करिब–करिब टुंगिएको बताउँदै उनले भोलि बिहान ९ बजे कार्यदल बैठक बसेर प्रतिवेदनलाई अन्तिम रूप दिने बताए । कार्यदलको बैठकबाट प्रतिवे
विराटनगर : नेपाली काँग्रेस संसदीय दलका नेता राजिव कोइरालाले प्रदेशको नाम राख्न काँग्रेस तयार रहेको बताएका छन्।आइतबार प्रदेशसभा बैठकमा विशेष समय लिएर काँग्रेस यही बर्खे अधिवेशनबाट नाम टुंगो लगाउन तयार रहेको उनले बताए। उनले अब नामको विषयलाई धेरै लम्ब्याउन नहुने बताए।पछिल्लो समय प्रदेशको नाम आएको मोही माग्ने ढुँग्रो लुकाउने जस्तो भएको बताएका उनले भने, ‘कोशी हुन सक्ला, कोशी किराँत हुन सक्ला या सगरमाथा प्रदेश हुन सक्ला आफ्नो राजनीतिक दलमा बहस गर्न त सकियो नि?’उनले अन्तिम अवस्थाम
चितवन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलका बीचमा निर्वाचनमा गठबन्धनको टुंगो भोली आइतबारसम्ममा लागि सक्ने बताएका छन्।भरतपुर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उनले आजै साँझसम्ममा खाका तयार हुने बताए।उनले भने, 'आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ, हामी सम्भवतः भोलिसम्ममा एउटा टुंगोमा पुग्छौँ।' निर्वाचनका समयमा एउटै पार्टी भित्रसमेत विवाद, बहस हुने जनाउँदै उनले दलबीच सहमतिमा आउन समय लाग्नु स्व
४ असोज, काठमाडौं । सरकारी कर्मचारीलाई १० दिन पर्यटन काज बिदा दिनेसम्बन्धी अघिल्लो सरकारको कार्यक्रम कार्यान्वयन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यविधि तयार पारेको छ । तर, छुट्टै बजेटको स्रोत नभएको यो कार्यक्रमलाई रकमको जोहो कसरी हुन्छ भन्ने टुंगो भने अहिलेसम्म लागेको छैन । ‘मन्त्रालयको तर्फबाट कार्यविधि बनाएर हामी यतिबेला विभिन्न निकायको राय […]