पर्सामा एकै वर्षमा दुई सय ३२ साना तथा घरेलु उद्योग खारेज

आर्थिक सङ्कटका कारणले उद्योगलाई निरन्तरता दिन नसकेपछि साना तथा घरेलु उद्योग सञ्चालकहरु घरेलु तथा साना उद्योग कार्यालय पुगेर उद्योग खारेजी गराउन थालेका हुन्।

सम्बन्धित सामग्री

पर्सामा एकै वर्षमा दुई सय ३२ साना तथा घरेलु उद्योग खारेज

आर्थिक सङ्कटका कारणले उद्योगलाई निरन्तरता दिन नसकेपछि साना तथा घरेलु उद्योग सञ्चालकहरु घरेलु तथा साना उद्योग कार्यालय पुगेर उद्योग खारेजी गराउन थालेका हुन्।

घरेलु उद्योगमा ४५ अर्ब लगानी, तीन लाखलाई रोजगारी

मोरङमा ३० हजारभन्दा बढी घरेलु तथा साना उद्योग सञ्चालनमा रहेको बताइएको छ । साना तथा घरेलु उद्योग सङ्घअन्तर्गत रहेका ती उद्योगमा ४५ अर्ब रुपैयाँ लगानी हुनाका साथै तीन लाखले रोजगारी पाएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङको आगामी चैत ३ गते विराटनगरमा हुने २५ औँ साधारण सभा र १२ औँ जिल्ला अधिवेशनका …

उद्योग दर्ता हुने क्रम घट्दै

गोदावरी (कैलाली), २९ भदौ । कैलालीमा पछिल्लो तीन वर्षयता साना तथा घरेलु उद्योग दर्ता हुने क्रम घट्दै गएको छ । कञ्चा पदार्थको अभाव, आर्थिक मन्दी, झन्झटिलो कानुनी प्रक्रिया, भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्नुलगायत कारणले उद्योग दर्ता हुने क्रम घट्दै गएको हो । हालसम्म कैलालीमा साना तथा घरेलु उद्योग दर्ताको सङ्ख्या १५ हजार ९१ पुगेको छ […]

संकटमा धनुषाका साना तथा घरेलु उद्योग, एक वर्षमै ७१ वटा बन्द

जनकपुरधाम- आर्थिक मन्दीका कारण धनुषाका घरेलु तथा साना उद्योग बन्द हुने अवस्थामा पुगेका छन्। गत आर्थिक वर्षमा मात्र जिल्लामा सञ्चालित ७१ वटा उद्योग बन्द भएका हुन्। मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधामसहित जिल्लाभर सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग आर्थिक अवस्थाका कारण बन्द हुन थालेका हुन्। घरेलु तथा साना उद्योग कार्यालय, धनुषाका सूचना अधिकारी मुकेशकुमार कर्णले […]

लोप हुन थालेको थारु समुदायको छोकरा नाच

घोराही–१४ झिगौरामा बुधबारदेखि सञ्चालन भएको लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी मेला उद्घाटन समारोहमा थारु समुदायको लोप हुन थालेको छोकरा नाच देखाउँदै कलाकार । तस्बिर- रञ्जिता अधिकारी/रासस

चार महिनामा ८१ वटा साना तथा घरेलु उद्योग बन्द

जिल्लामा ४ महिनाको अवधिमा ८१ वटा साना तथा घरेलु उद्योगहरु बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय दाङमा दर्ता भएका ८१ वटा उद्योगहरु ४ महिनाको अवधिमा बन्द भएको घरेलु कार्यालयले जनाएको छ । चालु आर्थिक वर्ष २०७९÷०८० को पहिलो चौमासिकसम्म ८१ वटा साना तथा घरेलु उद्योग बन्द भएको घरेलु तथा साना उद्योग कार्यालयका […]

उठ्नै सकेनन् साना तथा घरेलु उद्योग

कोरोना महामारीका कारण दुई वर्षदेखि थलिएका घरेलु उद्योग अझै पहिलेको अवस्थामा फर्कन सकेका छैनन् । मुलुकमा सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने यो क्षेत्र पुनस्र्थापना गर्ने राज्यको उचित नीति नहुँदा पलायनको स्थितिमा पुगेको व्यवसायीहरू बताउँछन् ।साना तथा मझौला उद्योग पुनस्र्थापना हुन नसक्नुमा पुँजीको अभाव, दक्ष कामदारको कमी, कानुनी झमेला तथा कमजोर आपूर्ति श्रृंखला र भौतिक पूर्वाधारको […]

निषेधाज्ञाले साना तथा घरेलु उद्योग समस्यामा

रोल्पा । दोस्रो लहरको कोरोना संक्रमण फैलिएसँगै स्थानीय प्रशासनले गरेको निषेधाज्ञाका कारण रोल्पाका साना तथा घरेलु उद्योग समस्यामा परेका छन् । विशेषगरी दैनिक उपभोग्य सामग्रीको रूपमा खपत हुने चाउमिन, पाउरोटी, केक, बेकरी तथा डेरी उद्योगहरू संकटमा पर्ने अवस्था आएको हो । बजार तथा विद्यालय खुला भएको समयमा धेरै उत्पादन खपत हुने यी उद्योग अहिले बजार तथा विद्यालय बन्द हुँदा उत्पादित सामग्रीहरू खेर जाने गरेको उद्योगीहरूको गुनासो छ । कोरोना संक्रमणको डरले होम डेलिभरी सेवा समेत बन्द भएकाले उद्योगको कच्चापदार्थ बिग्रने चिन्ता लागेको भगवती देवी पाउरोटी उद्योग त्रिवेणी गाउँपालिका–५ जुँगारका सञ्चालक डिल्लीराज घर्तीले बताए । ‘बजार र विद्यालय खुलेको समयमा दैनिक ८ देखि १० हजारसम्मको उत्पादन खपत हुन्थ्यो,’ घर्तीले भने, ‘अहिले त उद्योग नै बन्द गर्नुपरेको छ ।’ घर्तीले करीब १० लाख लगानी गरेर केही महीनाअघि मात्र त्रिवेणी गाउँपालिकाको केन्द्र जुँगारमा उद्योग स्थापना गरेका हुन् । उद्योग खोलेको केही महीनामै कोरोनाको दोस्रो लहर शुरू भएपछि लगानी कसरी उठाउने भन्ने चिन्ताले सताएको उनको गुनासो छ । घर्ती जस्तै जिल्लाका झण्डै २ दर्जन यस्ता उद्योगका सञ्चालकहरू मर्कामा परेका छन् ।

निषेधाज्ञाका कारण साना तथा घरेलु उद्योग मर्कामा

वैशाख २५, रोल्पा । कोभिड-१९ को नयाँ भेरिएन्टको संक्रमण फैलिएसँगै स्थानीय प्रशासनले गरेको निषेधाज्ञाका कारण रोल्पाका साना तथा घरेलु उद्योगहरु मर्कामा परेका छन् । विशेष गरी दैनिक उपभोग्य सामग्रीको रुपमा खपत हुने चाउमिन, पाउरोटी, केक, बेकरी तथा डेरी उद्योगहरु मर्कामा परेका हुन् । बजार तथा विद्यालय खुला भएको समयमा धेरै उत्पादन हुने यी सामग्रीहरु अहिले बजार तथा विद्यालयहरु बन्द हुँदा उत्पादित सामग्रीहरु खेर जाने गरेको उद्योगीहरुको गुनासो छ ।  कोरोना संक्रमणको डरले होम डेलिभरी सेवा समेत बन्द भएकाले उद्योगको कच्चा पदार्थ पनि कुहिएर खेर जाने हो कि भन्ने चिन्ताले सताएको भगवति देवी पाउरोटी उद्योग त्रिवेणी गाउँपालिका–५ जुँगारका सञ्चालक डिल्लीराज घर्तीले बताए । ‘बजार र विद्यालय खुलेको समयमा दैनिक ८ देखि १० हजारसम्मको उत्पादन खपत हुन्थ्यो’ घर्तीले भने ‘अहिले त उद्योग नै बन्द गर्नु परेको छ ।’ घर्तीले करीब १० लाख लगानी गरेर केहि महीना अघि मात्र त्रिवेणी गाउँपालिकाको केन्द्र जुँगारमा उद्योग स्थापना गरेका हुन् । उद्योग खोलेको केहि महीनामै कोरोनाको दोस्रो लहरको कोरोना संक्रमण शुरु भएपछि लगानी कसरी उठाउने भन्ने चिन्ताले सताएको उनको गुनासो छ । घर्ती जस्तै रोल्पाका झण्डै दुई दर्जन यस्ता उद्योग सञ्चालकहरु मर्कामा परेका छन् ।

अझै उठ्न सकेनन् साना तथा घरेलु उद्योग

कोरोना माहामारीले विश्वका अन्य मुलुकझैं नेपालमा समेत गम्भिर असर पा¥यो । त्यसमा पनि आर्थिक क्षेत्रमा कोरोनाको असर निकै उच्च रहन गयो । कोरोनाकै बीचमा भएको लकडाउनले उद्योगधन्दा ठप्प हुन पुगे । त्यसमा पनि लघु तथा घरेलु उद्योगहरु सबैभन्दा बढी प्रभावित भएको जानकारहरु बताउँछन् ।एक त उत्पादन गरिने कच्चा पदार्थको अभाव, त्यसमा पनि उत्पादित वस्तुको उपभोग […]