झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ४’ वैशाख १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले प्रचारको समेत सुरु गरेको छ ।यसै क्रममा फिल्मको टाइटल गीत सार्वजनिक भएको छ । शुक्रबार एक कार्यक्रमका बीच फिल्मको गीत सार्वजनिक गरिएको हो । रवि मल्लको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत र सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर छ । गीतमा फिल्मका मुख्य कलाकार अनमोल केसी र सुहाना थापा रोमान्टिक अवतारमा प्रस्तुत भएका छन् । गीतको कोरियोग्राफी र