काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विदेश विभाग प्रमुख माधवकुमार नेपालले भारतले नेपाली भूमिमा बाटो बनाएको भन्दै आपत्ति जनाएका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले विज्ञप्ति जारी गरी भारतले नेपाली भूमिबाटै चीनको मानसरोवर जाने बाटो निर्माण गरी उद्घाटन गर्नु आपत्तिजनक भएको उल्लेख गरेका छन्। सन्धी सम्झौता उल्लंघन गरेर भारतले देशको