कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुगुको सदरमुकाम गमगढीमा भएको आगलागीका पीडितलाई राहत दिने घोषणा गरेका छन् । तत्कालका लागि राहत सामग्री लिएर उनी स्थलगत अनुगमनमा जान लागेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।सचिवालयका अनुसार आगलागीबाट प्रभावितका लागि खाद्यान्न र त्रिपाल वितरण गरिने छ । त्यहाँको स्थिति अवलोकनपछि थप राहत वितरण गरिने मुख्यमन्त्री शाहीको भनाइलाई उद्धृत गर्दै उनको सचिवालयले जनाएको छ ।गएराति १२ बजेदेखि लागेको आगोका कारण २१ वटा घरमा पूरै क्षति भएको छ । प्रहरीकाअनुसा