११३औँ अन्तरराष्ट्रिय महिला दिवसमा महिला उद्यमी महांसघले शुरू गर्यो व्यापार विकास केन्द्र

काठमाडौं । महिला उद्यमी महांसघ नेपालले  ११३औँ अन्तरराष्ट्रिय महिला दिवसको अवसर पारेर व्यापार विकास केन्द्र (Business Development Center,BDC) को आधिकारीक घोषणा गरेको छ ।  महिला उद्यमी महांसघ नेपालले यस वर्षका लागि संयुक्त राष्ट्रसंघबाट घोषित नारा अनुसार DigitALL: Innovation and Technology for Gender Equality को अनुसरण गर्दै महांसघले व्यापार विकास केन्द्र (Business Development Center,BDC) सञ्चालनमा ल्याउन लागेको हो ।  यस व्यवसाय विकास केन्द्रले सम्भावित महिला उद्यमी र व्यवसाय गरिरहेका महिला उद्यमीहरुका लागि आवश्यक सबै सेवाहरु एक स्थानमा उपलब्ध गर्न सहयोग गर्नेछ । यस केन्द्रमार्फत महिला उद्यमीहरुको व्यवसाय स्थापना तथा विस्तारका लागि प्रारम्भिक हेल्प डेस्कको सुविधा प्रदान गर्नेछ । जसको माध्यमबाट उद्यमीलाई नयाँ व्यवसाय दर्तामा सहयोग, वित्तीय तथा मानव संसाधन लेखा परीक्षण, कानुनी परामर्श, महिला उद्यमीहरुको उत्पादनलाई ब्रान्डिङ्ग तथा मार्केटिङ्ग, उत्पादनहरुको शोकेसिङ्ग, व्यापार योजनाको विकास गर्न सहयोग पुग्नेछ । त्यस्तै, व्यापार निरन्तरता तथा व्यवस्थापनमा सहयोग, डिजिटल  वितिय साक्षरता सम्वन्धि पाठ्यक्रम तथा डिजिटल मार्केटिंङ्ग सम्बन्धी पाठ्यक्रमहरुको विकासका साथै सिप विकासका तालिमहरु, व्यवसायिक परामर्श, आईटी सम्बन्धि सेवाहरु सुविधा प्रदान गर्नुका साथै उत्पादनहरुलाई  प्रोत्साहन दिन एउटा प्लाटफर्मको रुपमा काम गर्नेछ । कार्यक्रममा  प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका सदस्य माननीय  डा. रामकुमार फुयाल र अतिथिमा नेपालका लागि युरोपियन युनियन राजदुत महामहिम नोना डेप्रेज, त्यसैगरअन्य विभिन्न सरोकारवाला निकायका पदाधिकारीहरू थिए । साथै महिला उद्यमी महांसघका अध्यक्ष निरु रायमाझी खत्री, निर्वतमान अध्यक्ष, महिला उद्यमी महांसघका सस्थापक अध्यक्ष,सदस्यहरु पूर्व अध्यक्षहरु सल्लाहकार समितिका सदस्यहरु, विभिन्न दातृ निकायहरु CECI, Fin Church Aid, People in Need,Asia Foundation, SAWTEE,USAID,HELVETAS,V ROCK GIZ,ITC,SCWEC लगायतका प्रतिनिधिहरुका साथै महिला उद्यमी महांसघका कार्यसमितिका सदस्यहरु, साधारण सदस्यहरु विभिन्न जिल्ला सघंहरुका अध्यक्षहरु तथा सदस्यहरु लगायतका महासघंका कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा महिला उद्यमी महांसघकी अध्यक्ष निरु रायमाझी खत्रीले शुभकामना मन्तव्य राखेकी थिइन् भने महिला उद्यमी महांसघकी कार्यसमिति सदस्य प्रतिभा पाण्डे तथा महांसघकी कार्यकारी निर्देशक सुयशा स्थापितले व्यापार विकास केन्द्रको बारेमा प्रस्तुतिकरण गरेकी थिइन् ।   कार्यक्रममा ILO Nepal का श्री राभि पेइरिस (Ravi Peiris)ले महिला उद्यमी महांसघ नेपाल नै पहिलो संस्था जसले व्यवसाय विकास केन्द्र नामक डिजिटल उपकरण व्यवसाय विकास संगठनका रोजगारदाताद्वारा विकसित गरेको बताए । महांसघले यसलाई सहि तरिकाबाट कार्यान्वयन ल्याई नेपालका महिला उद्यमी को सामाजिक तथा आर्थिक विकासमा सहयोग पुर्‍याउदै राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्न सक्षम हुनेमा विस्वास व्यक्त  गरे  । साथै व्यापार विकास केन्द्रको सञ्चालनबाट महिला उद्यमीहरुमा उद्यमशिलता विकासमा टेवा पुर्‍याउँदै डिजिटलाइजेसन मार्फत व्यवसाय विकासका लागि डिजिटल उपकरणको सञ्चालनले सहयोग पुग्ने बताए । त्यसै गरी डा.रामकुमार फुयालले सरकारको उद्योग तथा उद्योगी प्रति जिम्मेवारी तथा उतरदायी भएर काम गरिरहेको र नेपाल सरकारका कोषहरुलाई परिचालित गरि महिला उद्यमीहरुका परम्परागत व्यवसायमा नविनतम रुप दिर्र्दै महिलाहरुको सामाजिक तथा आर्थिक विकासमा सहयोग पुग्नेगरी महांसघसंग सहकार्य गरी अघि बढ्ने  बताए । कार्यक्रममा  डिजिटलाइजेसनको क्षेत्रमा अमुल्य योगदान पुर्‍याउने तिन जना उत्कृष्ट महिला उद्यमीहरु सम्मान तथा प्रमाण पत्र वितरण गरिएको थियो । सम्मानित हुनेमा Tigg कि संथापक प्रार्थना शाक्य, Armis Tech  कि निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विदुशी थापा तथा ViaNet  की प्रमुख कार्यकारी अधिकृत सेवा पाठक रहेका थिए । त्यसै गरि महांसघले महिला दिवसको अवसर पारेर कोष संकलनको लागि सांगितिक कार्यक्रमको आयोजना गरेको छ । कोष संकलनका लागि  महांसघले आज साँझ सुशीला आर्ट्स एकेडेमीका कलाकारहरूद्धारा नृत्य, नाटक र सङ्गीत मार्फत महिलाका सशक्त भावनाहरूलाई अभिव्यक्त गर्ने सांगीतिक कार्यक्रम “रिदम एन्ड सोल” को आयोजना गरेको थियो ।  सो कार्यक्रममार्फत संकलित रकमबाट ग्रामिण क्षेत्रमा बसोवास गर्ने सिमान्तकृत तथा विभिन्न सुविधाहरुबाट वञ्चित महिला उद्यमीहरुलाई Digitalization & innovation सम्बन्धि तालिम तथा सुन्न नसक्ने महिलाहरूको लागि क्षमता अभिवृद्धिको कार्यक्रमहरु सञ्चालन गर्ने उद्देश्य रहेको महिला उद्यमी महांसघका प्रथम उपाध्यक्ष शोभा ज्ञवाालीले जानकारी दिइन् । नेपाल भरिका उद्यमी महिलाहरुको प्रतिनिधि सस्ंथाको रुपमा कार्यरत महिला उद्यमी महांसघ नेपालको स्थापना वि.स २०६० साल असार २७ गते भएको हो । महांसघले आफ्नो स्थापना काल देखि नै समावेशी तवरले महिला उद्यमीहरुले विकास एंव प्रवर्द्धनका लागि विभिन्न कार्यहरु गर्दै आएको छ ।  महांसघले महिलाहरुको सामाजिक आर्थिक सशक्तिकरणको लागि बहस तथा पैरवी गर्नुका साथै राष्ट्रिय एवं अन्र्तराष्ट्रिय स्तरमा हुने नितिनिर्माण तथा निर्णय प्रकियामा महिला उद्यमीहरुका हक अधिकारहरुको सुनिश्चितताका लागि विविध सवाल एंव सरोकारहरु प्रति सशक्त ढगंबाट वकालत गर्दै आईरहेको छ ।

सम्बन्धित सामग्री

एनसेल र महिला उद्यमी महासंघबीच सम्झौता

काठमाडौं । एनसेल र महिला उद्यमी महासंघ नेपालबीच सम्झौता भएको छ । महिला उद्यमीहरूको क्षमता अभिवृद्धिका लागि महासंघसँग सहकार्य गर्न सम्झौता गरिएको एनसेलले जनाएको छ । १६ चैतमा ललितपुरको हेरिटेज गार्डेनमा आयोजित सातौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवाली र एनसेल कर्पोरेट कम्युनिकेसन तथा सीएसआर हेड विशाखा लक्ष्मी खड्काले समझदारी पत्रमा […]

अन्तर्राष्ट्रिय महिला उद्यमी मेला सम्पन्न

सातौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला मंगलबार सम्पन्न भएको छ।

राष्ट्रपतिसँग महिला उद्यमी महासंघको भेट

महिला उद्यमी महासंघ अध्यक्ष शोभा ज्ञवालीसहित समितिका नवनिर्वाचित पदाधिकारीको टोलीले राष्ट्रपति रामचन्द्र पौडेलेसँग आइतबार भेट गरेको छ।...

ललितपुरमा पाँच दिने महिला उद्यमी मेला

साना तथा मझौला व्यवसायी महासंघ नेपालले आयोजना गरेको पाँच दिने महिला उद्यमी मेला ललितपुरको पुल्चोकस्थित याक प्यालेसमा जारी छ।...

वसन्तपुरमा महिला उद्यमी हस्तकला मेला हुने

काठमाडौँको हनुमान ढोका दरबार वसन्तपुरमा महिला उद्यमी हस्तकला मेला हुने भएको छ । नेपाल हस्तकला महासङ्घको महिला उद्योग विकास समिति र बागमती प्रदेश सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजनामा आगामी कात्तिक १८ देखि २० गतेसम्म महिला उद्यमी हस्तकला मेला हुन लागेको हो ।महासङ्घका निर्देशक ऋषिराज सुवेदीले महिला उद्यमी हस्तकला मेलामा प्राकृतिक रेशाका सामग्री, काष्ठकला, पत्थरकला, धातुकला, हातेकागज, फेल्ट, पश्मिनाका सामग्रीलगायतको सामग्री प्रदर्शन गरिने जानकारी दिए ।महासङ्घको आयोजना तथा उद्योग वाण

अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २ भदौमा

महिला उद्यमी महासंघको आयोजनामा छैटौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला, २०७९ हुने भएको छ ।महासंघले २ देखि ६ भदौसम्म ललितपुरको सानेपा हेरिटेज गार्डेनमा अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्न लागेको हो । महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मेला आयोजना गर्न लागेको बारेमा जानकारी गराएको हो ।महिला उद्यमी महासंघकी अध्यक्ष निरु रायमाझी खत्रीले छरिएर […]

१५० महिला उद्यमी वीरजञ्जमा भेला हुने

देशभरका १५० महिला उद्यमी वीरगञ्जमा भेला हुने भएका छन् । वीरगञ्जमा शुक्रबार हुने ‘युवा महिला उद्यमी राष्ट्रिय सम्मेलन’मा सहभागि हुन देशैभरबाट नेपालभरका उद्यमी महिला सहभागि हुने भएका हुन् ।

वीरगन्जमा महिला उद्यमी सम्मेलन हुने

वीरगन्ज-आर्थिक नगरी वीरगन्जमा नेपाली महिलाहरु सहभागितामा पहिलो पटक महिला उद्यमी सम्मेलन हुने भएको छ ।नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्जले लेडिज सर्कल नेपालसँगको सहकार्यमा यही कात्तिक ५ गते वीरगञ्जमा ‘नेपाली महिला उद्यमी सम्मेलन’ आयोजना गर्न लागेको हो ।नेपाली महिलाहरूको सहभागिता बढाउने उद्देश्यले मोफसलमै पहिलो पटक महिला उद्यमी सम्मेलनको आयोजना गर्न लागेको जानकारी दिएको छ । […]

महिला उद्यमी व्यापार मेला भदौ १७ देखि

काठमाडौं। पाँचाैं अन्तर्राष्ट्रिय महिला व्यापार मेला २०२१ भदौ १७ गतेदेखि सुरु हुने भएको छ। भर्चुअल माध्यमबाट चल्ने मेला भदौ २१ गते सम्पन्न हुने छ। यस व्यापार मेलामा नेपालभरका साना तथा मझौला महिला उद्यमी र व्यावारी तथा महिला निकासीकर्ताको सहभागिता हुने महिला उद्यमी महासंघले बताएको छ।

महिला उद्यमी व्यापार मेला भदौ १७ देखि

काठमाडौं। पाँचाैं अन्तर्राष्ट्रिय महिला व्यापार मेला २०२१ भदौ १७ गतेदेखि सुरु हुने भएको छ। भर्चुअल माध्यमबाट चल्ने मेला भदौ २१ गते सम्पन्न हुने छ। यस व्यापार मेलामा नेपालभरका साना तथा मझौला महिला उद्यमी र व्यावारी तथा महिला निकासीकर्ताको सहभागिता हुने महिला उद्यमी महासंघले बताएको छ।