एजेन्सी। ताकेफुसा कुबो र रित्सु डोनको गोलमा जापानले पुरुष फुटबलमा मेक्सिकोलाई २–१ ले हराउँदै क्वार्टरफाइनलको सम्भावना बलियो बनाएको छ। कुबोले छैटौँ मिनेटमा जापानलाई अग्रता दिए। डोनले ११औँ मिनेटमा अग्रता दोब्बर बनाए। मेक्सिकोका रोबर्टो अल्भाराडोले ८५औँ मिनेट गोल गरे। जापान ६ अंकका साथ समूह ‘ए’को शीर्ष स्थानमा छ। समान तीन अंक जोडेको मेक्सिको र फ्रान्स क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।