टोकियो ओलम्पिकः १३औं दिन २७ स्वर्णको छिनोफानो

एजेन्सी, २१ साउन । टोकियो ओलम्पिकको १३औं दिन २७ स्वर्णको छिनोफानो हुँदैछ । आज एथलेटिक्स, बक्सिङ, केनोइ स्प्रिन्ट, साइक्लिङ, डाइभिङ, पुरुष हक्की, म्याराथुन स्विमिङ, टेबल टेनिस, कुस्तीतर्फका फाइनल खेलहरु तय छन् । ओलम्पिकमा पदक तालिकामा अहिलेसम्म ३२ स्वर्णका साथ चीन पहिलो स्थानमा छ । अमेरिका २७ स्वर्णका साथ दोस्रो र जापान २१ स्वर्णका साथ तेस्रो […]

सम्बन्धित सामग्री

टोकियो ओलम्पिकः पदक तालिकामा चीनको अग्रता कायमै

काठमाडौं।‘टोकियो ओलम्पिक–२०२०’ को पदक तालिकामा चीनले आफ्नो अग्रतालाई कायम राखेको छ।१३औं दिनसम्म आइपुग्दा चीनले ३२ स्वर्ण,२२ रजत र १६ कास्यसहित कुल ७० वटा पदक जितेर तालिकाको शीर्ष स्थानमा छ।दोस्रो स्थानमा रहेको अमेरिकाले २५ स्वर्ण, ३१ रजत र २३ कास्य गरी ७९ पदक जितेको छ। २१ स्वर्ण, ७ रजत र १२ कास्यसहित ४० पदक जितेको जापान तेस्रो स्थानमा छ।

टोकियो ओलम्पिकः ५७ देशले जिते २२५ स्वर्ण

काठमाडौं।‘टोकियो ओलम्पिक–२०२०’ मा हालसम्म २२५ वटा स्वर्ण पदकको टुङ्गो लागिसकेको छ।आयोजकका अनुसार ५७ देशले एक वा एकभन्दा बढी स्वर्ण हात पारेका छन्।हालसम्म सबैभन्दा बढी चीनले ३२ वटा स्वर्ण पदक जितेको छ। अमेरिकाले २४, जापानले १९, अष्ट्रेलियाले १४, रुसी खेलाडीले १३, बेलायतले १३, जर्मनीले ८, फ्रान्स, नेदरल्याण्ड्स, दक्षिण कोरिया र न्यूजिल्याण्डले ६–६ र इटालीले ५ वटा स्वर्ण जितेका छन्।

टोकियो ओलम्पिकः ५१ देशको पोल्टामा २०० स्वर्ण पदक

काठमाडौं।टोकियो ओलम्पिक–२०२० को ११ औं दिनको बिहानसम्म २०० स्वर्ण पदकको छिनोफानो भएको छ।हालसम्म ५१ देश तथा क्षेत्रले एक वा बढी स्वर्ण पदक हात पारेका छन्।चीनले २९,अमेरिकाले २२,जापानले १७, अष्ट्रेलियाले १७,रुसी खेलाडीले १२, बेलायतले ११,फ्रान्स, जर्मनी र दक्षिण कोरियाले ६-६ र नेदरल्याण्ड्ले ५ स्वर्ण जितेका छन्। स्तै, इटाली,न्युजिल्याण्ड र चेक रिपब्लिकले चार–चार वटा,क्यानडा,स्वीट्जरल्याण्ड र क्रोएसियाले तीन–तीन वटा स्वर्ण जितेका छन्।

टोकियो ओलम्पिकः अमेरिकाका विश्व च्याम्पियन केन्ड्रिक्स कोरोना संक्रमित

एजेन्सी। अमेरिकाका विश्व च्याम्पियन पोल भउल्टर साम केन्ड्रिक्स कोरोना भाइरस संक्रमित भएका छन्। संक्रमित भएपछि उनले टोकियो ओलम्पिक गुमाउने भएका छन्। केन्ड्रिक्समा कोभिड–१९ को कुनै लक्षण नदेखिए पनि परीक्षणको नतिजा पोजेटिभ आएको उनको बुबाले बताएका छन्। उनी अहिले होटेलमा आइसोलेसनमा छन्। रियो ओलम्पिकमा कांस्य पदक जितेका केन्ड्रिक्सले पछिल्लो दुई विश्व च्याम्पियनसिप जितेका छन्। उनको नाममा विश्व कीर्तिमान पनि छ।

टोकियो ओलम्पिकः स्वर्णमा जापानको वर्चश्व कायमै, चीन दोस्रोमा उक्लियो

एजेन्सी। टोकियो ओलम्पिक–२०२० को पाँचौं दिन सकिँदा स्वर्ण पदकमा जापानको वर्चश्व कायमै छ। जापान १३ स्वर्ण, ४ रजत र ५ काश्यगरी कुल २२ पदकका साथ शीर्ष स्थानमा छ। १२ स्वर्ण, ६ रजत र ९ काश्यसहित कुल २७ पदक जितेको चीन दोस्रो स्थानमा उक्लिएको छ। ११ स्वर्ण, ११ रजत र ९ काश्यसहित कुल ३१ पदक जितेको अमेरिका तेस्रो स्थानमा छ।

टोकियो ओलम्पिकः ब्राजिल पुरुष फुटबलको क्वार्टरफाइनलमा

एजेन्सी। रिचार्लिसनको दुई गोलप्रेरित ब्राजिलले आज साउदी अरबलाई ३–१ ले हराउँदै टोकियो ओलम्पिक पुरुष फुटबलको क्वार्टरफाइनलमा स्थान बनाएको छ। ब्राजिलले म्याथियस कुन्हाको गोलबाट १४औं मिनेटमा अग्रता लियो। अब्दुल्लाह अल अमरीले २७औं मिनेटमा बराबरी गोल फर्काए। रिचार्लिसनले ७६ र इन्जुरी समयमा गोल गरेपछि ब्रजिलले समूह ‘डी’बाट विजेता बन्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो। ब्राजिलले समूहका तीन खेलमा सात अंक जोडेको थियो।

टोकियो ओलम्पिकः फुटबलमा अर्जेन्टिनाको पहिलो जित

एजेन्सी। फकुन्डो मेडिनाको गोलमा अर्जेन्टिनाले आज टोकियो ओलम्पिक पुरूष फुटबलमा इजिप्टलाई १–० ले हराएको छ। अर्जेन्टिनाको जितमा मेडिनाले ५२औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। पहिलो खेलमा अर्जेन्टिना अष्ट्रेलियासँग हारेको थियो। जितपछि अर्जेन्टिना तीन अंकका साथ समूह ‘सी’को दोस्रो स्थानमा छ। समान एक अंक जोडेको स्पेन र इजिप्ट क्रमशः तेस्रो र चौथो स्थानमा छ। अष्ट्रेलिया शीर्ष स्थानमा छ।

टोकियो ओलम्पिकः रुसकी बात्साराश्किनाले कीर्तिमानसहित जितिन् स्वर्ण

एजेन्सी। रुसकी सुटर भितालिना बात्साराश्किनाले टोकियो ओलम्पिक–२०२० मा सुटिङको महिला १० मिटर एयर पिस्तोल स्पर्धामा स्वर्ण पदक जितेकी छन्। बात्साराश्किनाले ओलम्पिक कीर्तिमान २४०.३ अंक जोडेकी थिइन्। उनले पाँच वर्षअघि रियो ओलम्पिकमा रजत पदक जितेकी थिइन्। २३९.४ अंक जोड्दै बुल्गेरियाकी एन्टोएनेटा कोस्टाडिनोभाले रजत पदक जितिन्। चीनकी जियाङ रान्जिनले २१८ अंक जोडेर काश्य पदक हात पारिन्।

टोकियो ओलम्पिकः फुटबलमा ब्राजिलद्वारा जर्मनी पराजित

एजेन्सी, ७ साउन । टोकियो ओलम्पिक सुरु हुनुभन्दा दुई दिन अघि नै फुटबलको खेल चलिसकेको छ । समूह चरणको पुरुषतर्फको फुटबलमा ब्राजिलले जर्मनीलाई ४-२ ले पराजित गरेको छ । फुटबलमा बलिया देशहरु समूह चरणमै पराजित भइरहेका छन् । मेक्सिकोले फ्रान्सलाई ४-१ ले पराजित गरेको छ । फ्रान्स विश्वकप विजेता राष्ट्र हो । आइभोरि कोस्टले साउदी […]

टोकियो ओलम्पिकः थप तीन खेलाडीमा कोरोना संक्रमण

एजेन्सी। टोकियो ओलम्पिक आयोजकले आइतबार थप तीन नयाँ संक्रमित फेला परेको जनाएको छ। ओलम्पिक जुलाई २३ बाट सुरु हुँदैछ। यसअघि शनिबारमात्र चेक गणतन्त्र टिमका एक सदस्यमा कोरोना भाइरस संक्रमण देखिएको थियो। त्यसअघि पनि आयोजक टिमकै दक्षिण कोरियाका एक जना संक्रमित बनेका थिए। ओलम्पिक नजिकिदै गर्दा टोकियोमा लगातार पछिल्लो चार दिन एक हजार नयाँ संक्रमित थपिएका छन्।