टोकियो ओलम्पिकः फुटबलमा ब्राजिल, कोरिया, न्युजिल्यान्ड र आइभोरीकोष्ट क्वाटरफाइनलमा

एजेन्सी, १३ साउन । टोकियो ओलम्पिकमा पुरुष फुटबलतर्फ जर्मनी समूह चरणबाट बाहिरिएको छ । आज आइभोरी कोष्टसँग १-१ को बराबरीमा रोकिएपछि जर्मनी क्वाटरफाइनलमा पुग्नबाट रोकिएको हो । समूह डी मा ब्राजिल साउदी अरबमाथि ३-१ को जीत निकाल्दै शिर्ष स्थान बनाएर अघिल्लो चरणमा पुगेको छ । आइभोरी कोष्ट पनि अघिल्लो चरणमा पुगेको छ । समूह बी […]

सम्बन्धित सामग्री

टोकियो ओलम्पिकः रग्बी सेभेनमा महिलातर्फ न्युजिल्यान्डलाई स्वर्ण

एजेन्सी। न्युजिल्यान्ड महिला टिमले रग्बी सेभेनमा फ्रान्सलाई २६–१२ ले हराउँदै स्वर्ण जितेको हो। पाँच वर्षअघि रियो ओलम्पिकमा न्युजिल्यान्ड अस्ट्रेलियासँग फाइनलमा हारेको थियो। रियोबाटै रग्बी सेभेनले ओलम्पिकमा प्रवेश पाएको हो। फीजीले बेलायतलाई २१–१२ को स्कोरमा हराउँदै काश्य पदक जित्यो। पुरुषतर्फ फीजीले न्युजिल्यान्डलाई २७–१२ ले हराउँदै स्वर्ण पदक जित्यो। अर्जेन्टिनाले बेलायतलाई १७–१२ ले हराउँदै काश्य पदक जित्यो।

टोकियो ओलम्पिकः विश्व विजेता फ्रान्स समूह चरणबाटै बाहिरियो

एजेन्सी। टोकियो ओलम्पिकको पुरुष फुटबलमा विश्व विजेता फ्रान्सको यात्रा समूह चरणमै पूर्णविराम लागेको छ। फ्रान्स आज आयोजक जापानसँग ४–० ले स्तब्ध बन्यो। जापानले समूह ‘ए’बाट विजेता बन्दै क्वाटरफाइनलमा स्थान बनायो। यस समूहबाट दक्षिण अफ्रिकालाई ३–० ले हराएको मेक्सिको उपविजेता बन्दै क्वार्टरफाइनल पुग्यो। सेमिफाइनल प्रवेशका लागि जापानले अब न्युजिल्यान्ड र मेक्सिकोले दक्षिण कोरियाविरुद्ध खेल्नेछ।

टोकियो ओलम्पिकः महिला फुटबलमा स्विडेनसँग अमेरिका स्तब्ध

एजेन्सी। टोकियो ओलम्पिकमा महिला फुटबलको विश्व नम्बर एक अमेरिका स्विडेनसँग स्तब्ध भयो। स्विडेनले अमेरिकालाई ३–० ले हराएको हो। यससँगै अमेरिकाको ४४ खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लाग्यो। स्टिना ब्ल्याकटेनियाले दुई र लिना हर्टिङले एक गोल गरे। समूह ‘जी’को अर्को खेलमा अस्ट्रेलियाले न्युजिल्यान्ड २–१ ले हरायो। समूह ‘एफ’मा ब्राजिलले चीनलाई ५–० ले हराउँदा नेदरल्यान्ड्सले जिम्बाब्वेलाई १०–३ ले हरायो।