रौतहटमा नक्कली नोट नियन्त्रणमा लिने क्रममा प्रहरीद्वारा हवाई फायर

वीरगञ्ज – रौतहटको मौलापुर नगरपालिकाबाट प्रहरीले ८७ हजार रुपैयाँ बराबरको नेपाली नक्कली नोट बरामद गरेको छ। प्रहरीले मौलापुर नगरपालिका–७ बस्ने राजाराम साहको घरबाट उक्त नक्कली नोट नियन्त्रणमा लिएको हो। जाली नोटको कारोबार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरी टोलीले साहको घरमा खानतलासी गर्नेक्रममा कोठामा लुकाएर राखिएको एक थान कटुवा पेस्तोलसहित एक हजार […]