नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले आफूहरू कोही पनि माउ खाने माकुरा बनेर प्राणविहीन मार्क्सवादको मलामी बन्न नचाहने बताएका छन् ।शुक्रबार चितवनमा नेकपा एमालेको १० औँ महाधिवेशनको उद्घाटन सत्रमा पार्टीका तर्फबाट शुभकामना व्यक्त गर्दै पोखरेलले राष्ट्रिय स्वाधीनता र देशको विकासका लागि सबैको सहकार्यको आवश्यकता औँल्याउँदै कम्युनिस्ट पार्टीको इतिहासमा भइरहेको टुटफुट र एकतालाई स्वाभाविक प्रक्रियाका रूपमा व्याख्या गरे । ‘समाजमा अन्तर्विरोध स्थिर हुँदैनन्, सामाजिक परिवेश ब