काठमाडौं : केही दिन निस्क्रियजस्तो रहेको मनसुन शनिबारदेखि सक्रिय हुने भएको छ। शनिबार बेलुकीपछि देशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताइन्।भारत बिहारको उत्तर पश्चिम क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावले मनसुन सक्रिय हुन लागेको महाशाखाले जनाएको छ । शनिबारदेखि मनसुन थप सक्रिय हुने सम्भावना रहेकाले बाढी पहिरोको उच्च जोखिम हुने भन्दै सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले सूचना