धुलो, धुवाँ र तुवाँलोका कारण काठमाडौँ लगायतका विभिन्न स्थानमा वायु प्रदूषण बढ्दै गएको छ। उपत्यकामा सोमबारदेखि राम्ररी आकाश खुलेको छैन। मौसम तातो छ, हावा कम चलेको छ। सर्वसाधारणले पनि अन्य दिनभन्दा तातो बढेको अनुभव गरेका छन्। मौसमविद् वरुण पौडेलले भने, “ठूलो वर्षा हुने सम्भावना छैन।” फाट्टफुट्ट पानी पर्न सक्ने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार देशका अधिकांश भागमा अबको दुई दिन आंशिकदेखि सामान्य बदली रहनेछ। तातो लहर अबका दिनमा बढ्ने महाशाखाले उल्लेख गरेको छ।&nbs