काठमाण्डाै - चितवनको रामपुर र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको छ ।
पछिल्लो एक घण्टामा ठूलो पानी परेकाले रामपुर र आसपासका क्षेत्रका होचा ठाउँमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस्तै, आज १० जिल्लाका साना नदी तथा खोलामा बाढी आउन सक्ने भन्दै सचेत रहन पनि आग्रह गरिएको छ । महाशाखाका अनुसार इलाम, झापा, सङ्खुवासभा, उदयपुर, सिन्धुली, चितवन, नवलपरासी पूर्व, तनहुँ, कास्की, दार्चुला र आसपासका क्षेत्रका साना नदी तथा खोलामा बाढीको जोखिम रहेको छ ।
यसैबीच, अबको तीन दिन देशका ...