राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिले जीवन सहज बनाउने भएकाले यसलाई शहर मात्रै होइन, गाउँ-गाउँमा पुर्याउनुपर्ने धारणा राखेकी छन् । शनिबार आयोजित राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलनको एक सत्रमा उनले एआईसम्बन्धी आयोग बनाउन ढिलाइ गर्न नहुने बताइन् ।