दक्षिण एशियामा बढ्दै गएको बहुआयामिक संकट र असमानताका बारेमा गम्भीर बन्न दक्षिण एसियाका नागरिक संगठनका अभियन्ताहरुले आग्रह गरेका छन् । काठमाडौँमा सम्पन्न गरिबी उन्मूलनका लागि दक्षिण एसिया मञ्चको छैटौँ वार्षिक सभामा सहभागी दक्षिण एसियाका सामाजिक अभियन्ता, अधिकारकर्मी तथा विज्ञहरुले यस क्षेत्रमा बढ्दै गएको आर्थिक, राजनीतिक र सामाजिक संकट तथा कोभिड पश्चातको आर्थिक पुनरुत्थानका विषयहरुमा गम्भीर बन्न सरोकारवालाहरुको ध्यानाकर्षण गराएका हुन् ।दक्षिण एसियाका महिला, दलित, अल्पसंख्यक तथा सीमान्तकृत समुदायल