विभिन्न देशका लागि नेपालको राजदूत रहेका पाँचजना कूटनीतिकर्मीहरूले अफगानिस्तानमा तालिबानको विजय दक्षिण एसियाका लागि चिन्ताको विषय भएको बताएका छन् ।
आफ्नो हस्ताक्षर सहित राजदूतहरू हिरण्यलाल श्रेष्ठ, दीपकुमार उपाध्याय, दुर्गेशमान सिंह, सुरेश चालीसे र महेश मास्केले एक वक्तव्य जारी गर्दै अफगानिस्तानमा विकसित परिस्थितिले दक्षिण एसियामा सामाजिक आर्थिक, आप्रवास तथा सुरक्षाका विषयमा दीर्घकालीन परिणाम देखिने बताएका छन् ।
तालिबानले आममाफी तथा महिलालाई अधिकार दिने विषयमा प्रतिबद्धता व्यक्त गरेको भए पनि उनीहरूको विगत...